default_image

2 years ago

July 22, 2023

इंग्ल्यान्डको कठिन जित

348 views

0 Bookmark

ब्रिसवन – फिफा महिला विश्वकपमा उपाधि दावेदार टोलीकाे रुपमा हेरिएको इंग्ल्यान्डले कठिन जित दर्ता गरेको छ ।इंग्ल्यान्डले हाइटीमाथि १–० को कठिन जित दर्ता गरेको हो ।

इंग्ल्यान्डको जितमा पहिलो हाफमा जर्जिया स्टानवेले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । ब्रिसवन स्टेडियम ब्रिसवनमा शनिबार भएको खेलमा इंग्ल्याल्डले ७५ प्रतिशत बल पोसेसन राखेपनि गोलको लागि भने पेनाल्टीकै साहरा लिनुपर्यो ।

पेनाल्टी बक्समा बाटचेवा लुइसले हातले बललाई छुन पुगेपछि रेफ्रीले भिएआरको सहायतामा इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गर्यो । तर, स्टानवेको पेनाल्टीलाई हाइटीका गोलरक्षक कर्ली थेअसले बचाएपनि उनले लाइन क्रस गरेको भन्दै पुनः दिइएको पेनाल्टीमा भने स्टानवे चुकिनन् ।

पहिलो गोलपछि इंग्ल्यान्डले लगातार आक्रमण बुनेपनि थप गोल गर्न नसक्दा पहिलो हाफको पेनाल्टी गोल नै इंग्ल्यान्डलाई ३ अंक बटुल्न पर्याप्त रह्यो । यस जितसँगै इंग्ल्यान्डले समूह ‘डी’ मा ३ अंक जोडेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.