2 months ago
July 23, 2023
सिड्नी – फिफा महिला विश्वकप फुटबल २०२३ मा फ्रान्स जमैकासँग रोकिएको छ । फ्रान्स जमैकासँग गोलरहित बराबरीमा रोकिएको हो । सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा आइतबार भएको खेलमा फ्रान्सले ७२ प्रतिशत बल पोसेसन राख्दै जमैकालाई दवावमा राखेपनि गोल गर्न नसक्दा अंक बाड्न बाध्य बन्यो । फ्रान्सको हरेक आक्रमणमा जमैकाकी गोलरक्षक रेविका स्पेन्सर बाधक बनिन् । […]
सिड्नी – फिफा महिला विश्वकप फुटबल २०२३ मा फ्रान्स जमैकासँग रोकिएको छ । फ्रान्स जमैकासँग गोलरहित बराबरीमा रोकिएको हो ।
सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा आइतबार भएको खेलमा फ्रान्सले ७२ प्रतिशत बल पोसेसन राख्दै जमैकालाई दवावमा राखेपनि गोल गर्न नसक्दा अंक बाड्न बाध्य बन्यो । फ्रान्सको हरेक आक्रमणमा जमैकाकी गोलरक्षक रेविका स्पेन्सर बाधक बनिन् ।
इन्ज्युरी समयमा जमैका १० खेलाडीमा समेटिन पुग्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा खादिजा सा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा जमैका १० खेलाडीमा समेटिन पुग्यो । तर, त्यसको फाइदा फ्रान्सले उठाउन सकेन ।
यस बराबरीसँगै समूह ‘एफ’ मा फ्रान्स र र जमैकाले समान १ अंक जोडेका छन् । यो समूहमा ब्राजिल र पानमाले कुनै खेल खेलेको छैन ।
विश्वकपमा सोमबार तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ मा ब्राजिल पानमा, समूह ‘जी’ मा इटाली र अर्जेन्टिना तथा समूह ‘एच’ मा जर्मनी र मोरोक्कोबीच प्रतिस्पर्धा हुनेछ ।
न्युजिल्यान्ड र अष्ट्रेलियाको विभिन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।
October 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) मा घटनाक्रम नयाँ देखिने क्रम जारी छ । कार्यसमितिको बुधबारका लागि बोलाएको आपतकालिन बैठकमा गणपुरक संख्या नै पुग्न सकेन । केन्द्रीय समितिको २१ मध्ये १० जना मात्र सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेको बताइएको छ । यद्दपी अध्यक्ष पंकजविक्रम नेम्बाङले आफू अनुकुल निर्णय गराएर बैठकमा उपस्थित नभएका केहि […]
October 4, 2023
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गालातासारायसँग ३-२ ले पराजित भएको छ। १० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडले दोस्रो हार व्यहोरेको हो । युनाइटेडका रासमस होईलंडले दुई गोल गरे पनि जित टार्न सकेनन् । गालातासारायको जितमा विलफ्रिड जाहा, केरेम आक्तुरकोग्लु र माउरो इकार्डीले समान एक एक गोल गरे । होईलंडको गोलबाट युनाइटेडले खेलको १७ […]
October 4, 2023
एजेन्सी – रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा नापोलिमाथि कठिन जित हात पारेको छ । निकै रोमाञ्चक खेलमा म्याड्रिडले ३-२ को जित हात पारेको हो । म्याड्रिडको जितमा भिनिसियस जुनियर र जुड बेलिङ्घमले समान एक एक गोल गरे । एक गोल आत्मघाती गोल रहेको थियो। नापोलिका लागि लियो ओस्टीगार्ड र पिटर […]