2 years ago
July 24, 2023
एजेन्सी – इर्लिङ हालान्ड गोलको भोको छन् । बरुसिया डर्टमन्डबाट गत सिजन म्यानचेस्टर सिटी पुगेका हालान्डले तहल्का नै मच्चाएका छन् । नयाँ सिजनमा पनि उनले गत सिजनको भन्दा उच्च प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

नर्विजिन फरवार्ड विदा सकेर सिटीको जिम्मेवारीमा फर्किसकेका छन् । उनमा पुरानै जोस देखिन्छ । प्रि सिजनमा योकोहामा मारिसोसविरुद्धको खेलमा पनि पुरानै लयमा देखिए । च्याम्पियन्स लिगको फाइनलपछि आइतबार क्लबको पहिलो खेलमा उत्रेका उनले ५–३ को जितमा २ गोल गरेका थिए ।
मोल्ड, साल्सबर्ग र डर्टमन्टका पूर्व फरवार्डलाई गोलका लागि दुई टच काफी थियो । दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेको सात मिनेटमै उनले गोल गरेका थिए । जसले प्रशिक्षक पेप ग्वार्डिओलालाई थप उत्साहित बनाएको छ ।
‘अघिल्लो वर्षको तुलानामा उनी अझै बढी फिट देखिन्छन् । उनी ठिकै अवस्थामा छन् । यद्दपी उनी यो भन्दा पनि राम्रो गर्न सक्छन्,’ ग्वार्डिओलाले भने । गत वर्षको प्रि सिजनको तीन खेलमा भन्दा उनले यसपटक एक खेलमै बढी गोल गरेका छन् । गत सिजन उनले तेस्रो खेलमा पहिलो गोल गरेका थिए ।
‘उनका लागि गोल महत्वपूर्ण हो,’ ग्वार्डिओलाले भने,‘ पछिल्लो सिनको अन्तिम खेलमा उनले गोल गर्न सकेका थिएनन् ।’ आइतबार अघिका ८ खेलमा उनले १ गोल मात्र गरेका थिए । त्यसका बाबजुद पनि उनले गत सिजन ५२ गोल गरेका थिए । त्यसमा ३६ गोल प्रिमियर लिगको थियो । त्यो प्रिमियर लिगको कीर्तिमानी गोल हो ।
ग्वार्डिओलाले थपे,‘ सबैभन्दा महत्वपूर्ण लय र सिद्धान्त हो । हामी त्यसमा काम गरिरहेका छौं । हालान्डको बारेमा हामीलाई राम्रो थाहा छ । आउने केहि सातामा उनी अझै राम्रो अवस्थामा हुनेछन् ।’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]