2 years ago
July 24, 2023
अकल्यान्ड – अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप २०२३ मा इटालीले अर्जेन्टिनालाई पराजित गरेको छ । इटालीले अर्जेन्टिनालाई १–० ले पराजित गरेको हो ।

इटालीको जितमा खेलको अन्तिम समयमा क्रिष्टिएना जिरेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले बराबरीतर्फ धकेलिएको खेलको ८७औं मिनेटमा गोल गर्न सफल भएका थिइन् ।
न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर खेर फाल्यो । तर, खेलको अन्तिम समयमा क्रिष्टिएनाले गोल गर्दै इटालीलाई जित दिलाएर ३ अंक दिलाइन् ।
यस जितसँगै समूह ‘जी’ मा इटालीले ३ अंक बटुलेको छ । समान ३ अंक नै रहेपनि स्वीडेन गोल अन्तरमा शीर्षस्थानमा छ । यो समूहमा दक्षिण अफ्रिका र अर्जेन्टिनाले अंकको खाता खोल्न सकेको छैन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]