2 years ago
July 24, 2023
मेलवर्न – कप्तान अलेक्जेन्ड्रा पपको उच्च प्रदर्शनमा जर्मनीले फिफा महिला विश्वकप फुटबलमा सानदार जित दर्ता गरेको छ ।

जर्मनीले अफ्रिकी राष्ट्र मोरोक्कोमाथि ६–० को सानदार जितसँगै सुखद् सुरुवात गरेको हो । जर्मनीको सानदार जितमा कप्तान अलेक्जेन्ड्रा पपले दुई तथा क्लारा भुल र लिआ सुलले समान एक गोल गरिन् । जर्मनीले दुई गोल उपहार पाएको थियो ।
अष्ट्रेलियाको मेलवर्नस्थित मेलवर्न रिक्टेङगुलर स्टेडियममा सोमबार गोलको वर्षा भएको खेलको ११औं मिनेटमा कप्तान अलेक्जेन्ड्रा पपको गोलबाट जर्मनीले गोलको खाता खोल्यो । उनले काथरिन जुलिया हेन्डरिचको पासमा गोल गर्न सफल भएकी थिइन् ।
३९औं मिनेटमा अलेक्जेन्ड्रा पपले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै जर्मनीलाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् । यसपटक उनले क्लार भुलको पास गोल गर्न सफल भएकी थिइन् ।
४६औं मिनेटमा क्लाराले गोल गरेपछि जर्मनी खेलमा ३–० ले अघि बढ्यो । उनले जुल ब्रान्डको पासलाई सदुपयोग गरेकी थिइन् । ५४औं मिनेटमा हानानीले एइट इल हाजले आत्मघाती गोल गरेपछि जर्मनीदेलमा ४–० को फराकिलो अग्रता लिन सफल भयो ।
७९औं मिनेटमा मोराक्कोका यास्मिन म्राबेटले अर्काे आत्मघाती गोल गरेपछि जर्मन फराकिलो जिततर्फ अघि बढ्यो । जर्मनी यतिमै रोकिएन । ९०औं मिनेटमा लिआले गोल गर्दै जर्मनीलाई ६–० को फराकिलो जित दिलाइन् ।
एकपल्टको च्याम्पियन तथा दुई पटकको उपविजेता जर्मनीविरुद्ध मोरोक्कोले कुनै पनि समय गतिलो आक्रमण बुन्न सकेन । जर्मनीले खेलमा ७४ प्रतिशत बल पोसेसन राख्दै दवाव बढाउँदा मोरोक्को आफ्नै हाफमा निकै व्यस्त बन्यो ।
यस जितसँगै जर्मनीले समूह ‘एच’ मा ३ अंक जोडेको छ । मोरोक्कोले हार बेहोर्दा यो समुहमा कोलम्विया र दक्षिण कोरियाले खेल्न बाँकी छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]