2 years ago
July 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – वरिष्ठ प्रशिक्षक किशोर केसीले एएफसी कपको छनोट चरणमा मच्छिन्द्र फुटबल क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

सहिद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको मच्छिन्द्रसँग केसीको सम्झौता समाप्त भएको थियो । क्लबले त्यसयता सम्झौता नविकरण नगरेपनि एएफसी कपका लागि भने उनलाई नै जिम्मेवारी सुम्पिएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव तथा टिम व्यवस्थापक अनिल श्रेष्ठले यसबारे जानकारी दिए ।
क्लबले कार्यक्रममा एएफसी कप छनोटको प्रसारण र टिकट अधिकारको लागि पनि दुई फरक संस्थासँग सम्झौता गरेको छ । कान्तिपुर टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ भने टिकटका लागि माउन्ट एभरेस्ट स्पोर्ट्ससँग सम्झौता गरिएको छ । खेलका लागि टिकट मूल्य साधारणतर्फ २ सय रुपैयाँ र भीआईपीतर्फ ५ सय रुपैयाँ राखिएको छ ।

मच्छिन्द्रले एएफसी कप छनोटको प्लेअफ चरणमा पहिलो खेलमा पारो एफसीको सामना गर्दैछ । ८ अगस्टमा हुने उक्त खेल जिते मच्छिन्द्रले १६ अगस्टमा मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । उक्त खेल जिते २२ अगस्टमा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग मच्छिन्द्रले खेल्नेछ ।

मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिग २०७९/८० मा दोस्रो स्थान हासिल गरेपनि च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब लाइसेन्स नपाएका कारण दोस्रो पटक खेल्ने अवसर पाएको हो । राष्ट्रिय टोलीका ५ युवा खेलाडीसहित ८ खेलाडी यसपटक मछिन्द्रबाट एएफसी कप छनोट खेल्दैछन् ।
मच्छिन्द्रले लिग च्याम्पियन चर्च ब्वाइजका विंगर आशिष चौधरी र मिडफिल्डर एरिक विष्टलाई टोलीमा समेटेको छ । यसबाहेक राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बू, विंगर आयुष घलान र डिफेन्डर सनिश श्रेष्ठ पनि मच्छिन्द्रमा आएका छन् ।
रेलिगेसनमा परेको खुमलटारबाट विदेशी खेलाडी मेसुके ओलोमोउसँगै दाजुभाई रेजिन सुब्बा र रोहित सुब्बा पनि मच्छिन्द्रमा छन् । रेजिनले गत संस्करणको लिग उपाधि जित्दा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

यसबाहेक क्लबले ए डिभिजन खेलेका १५ खेलाडीलाई निरन्तरता दिएको छ । कप्तान विशाल श्रेष्ठ टोलीमा नियमित रहँदा उनलाई प्रदिप भण्डारी दोस्रो गोलरक्षक छन् ।
फरवार्ड विमल घर्ती मगर, अफिज ओलावाले, सौरभ लिम्बु, अभिषेक गुरुङ र विजय भुजेल टोलीमा छन् । मिडफिल्डर आन्द्रेस निया, दिपेश घले र उत्सव राई पनि नियमित छन् । डिफेन्समा ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक पनि टोलीमा छन् ।
पूर्ण टोली :
गोलरक्षक (२) : विशाल श्रेष्ठ, प्रदिप भण्डारी
डिफेन्डर (६) : सनिश श्रेष्ठ, ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक
मिडफिल्डर (५) : आन्द्रेस निया, एरिक विष्ट, लाकेन लिम्बु, दिपेश घले र उत्सव राई
फरवार्ड (१०) : विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, अफिज ओलावाले, मेसुके ओलोमोउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रोहित सुब्बा, रेजिन सुब्बा र विजय भुजेल
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]