2 years ago
July 24, 2023
एडिलेड – मिडफिल्डर एरी बोर्गेसको ह्याट्रिकसँगै एक असिस्ट प्रदान गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा सानदार जित निकालेको छ ।

ब्राजिलले पहिलाेपटक विश्वकप खेलिरहेकाे पानामामाथि ४–० को फराकिलो जित निकाल्दै विजयी सुरुवात गरेको हो । ब्राजिलको फराकिलो जितमा युवा मिडफिल्डर एरी बोर्गेसले ह्याट्रिक पूरा गर्दा बिआट्रिजले एक गोल थपिन् ।
हिन्दमार्स स्टेडियम एडिलेड अष्ट्रेलियामा सोमबार भएको खेलमा ब्राजिलले खेलको सुरुवातदेखि नै आक्रमक फुटबल खेल्दा १९औं मिनेटमा अग्रता लिन सफल भयो । एरी बोर्गेसले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाइन् । उनले डेविन्हाको पासमा गोल गर्न सफल भइन् ।
३९औं मिनेटमा बोर्गेसले गोल गर्दै ब्राजिललाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् । ४८औं मिनेटमा बिआट्रिजले गोल गरेपछि ब्राजिल खेलमा ३–० ले अघि बढ्यो । उनले बोर्गेसको पासलाई सदुपयोग गरिन् ।
७०औं मिनेटमा बोर्गेसले ह्याट्रिक पुरा गरेपछि ब्राजिलले खेलमा ४–० को आरामदायी अग्रता लिन सफल भयो । बोर्गेसले जिसेको पासमा गोल गर्न सफल भइन् । जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो । त्यसपछि थप गोल निस्कन नसक्दा ब्राजिल विजयी हुन सफल भयो ।
यस जितसँगै ब्राजिल समूह ‘एफ’ मा ३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पानामा अंकविहीन हुँदै पुछारमा छ । यो समूहमा फ्रान्स र जमैकाले समान १ अंक जोडेका छन् ।
विश्वकपमा मंगलबार सोमबार तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ मा न्युजिल्यान्ड र फिलिपिन्स तथा स्वीट्जरल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुनेछ । यस्तै समूह ‘एच’ मा कोलम्विया र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ ।
न्युजिल्यान्ड र अष्ट्रेलियाको विभन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]