default_image

2 years ago

July 25, 2023

दक्षिण कोरियामाथि कोलम्वियाको सहज जित

278 views

0 Bookmark

सिड्नी – दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले फिफा महिला विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियामाथि सहज जित हात पारेको छ ।

कोलम्वियाले दक्षिण कोरियामाथि २–० को सहज जित हात पारेको हो । सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा मंगलबार भएको खेलमा कोलम्वियाको सहज जितमा काटालिना उस्मी र लिन्डा काइसेडोले गोल गरिन् । दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलको सुरुवातदेखि नै बल पोेसेसन राख्दै दवाव बढाएको कोलम्वियाले गोलको लागि ३०औं मिनेट कुर्नुपरेको थियो । काटालिना उस्मीले गोल गर्दै कोलम्वियाको गोलको खाता खोलिन् ।

उनले पेनाल्टीमार्फत गोल गर्न सफल भएकी थिइन् । मानुएला भानेगासको शक्तिशाली भली प्रहार सि यिन सिमले हातले रोक्न पुगेपछि रेफ्रीले कोलम्वियालाई पेनाल्टी प्रदान गर्दा काटालिन चुकिनन् ।

३९औं मिनेटमा लिन्डा काइसेडोले गोल गर्दै कोलम्वियालाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै कोलम्वियालाई ३ अंक बटुल्न पर्याप्त बन्यो ।

यस जितसँगै कोलम्वियाले समूह ‘एच’ मा ३ अंक बटुलेर नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । समान ३ अंक नै भएपनि जर्मनी गोल अन्तरमा शीर्षस्थानमा छ । यो समूहमा दक्षिण कोरिया र मोरोक्कोले अंकको खाता खोल्न सकेको छैन । सोमबार जर्मनीले मोरोक्कोमाथि ६–० को फराकिलो जित निकालेको थियो ।

आज नै समूह ‘ए’ मा न्युजिल्यान्ड र फिलिपिन्स तथा स्वीट्जरल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ । न्युजिल्यान्ड र अष्ट्रेलियाको विभिन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.