2 years ago
July 25, 2023
वेलिङटन । सह आयोजक न्युजिल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ मा फिलिपिन्ससँग स्तब्ध बनेको छ । न्युजिल्यान्ड घरेलु मैदानमा डेब्यु विश्वकप खेलिरहेको फिलिपिन्ससँग १–० ले स्तब्ध बनेको हो ।

न्युजिल्यान्डलाई स्तब्ध पार्न पहिलो हाफमा सरिना बोल्डेनले गरेको गोल नै निर्णायक बन्यो । न्युजिल्यान्डको विलिङ्टनस्थित विलिङटन रिजनल स्टेडियममा मंगवबार भएको खेलमा सरिना बोल्डेनले खेलको २४औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् ।
विश्वकपमा फिलिपिन्सको यो पहिलो गोल हो । बोल्डेन विश्वकपमा गोल गर्ने पहिलो फिलिपिनी खेलाडी बनेकी छिन् ।एक गोलले पछि परेको न्युजिल्यान्डले त्यसपछि बल पोसेसन राख्दै फिलिपिन्समाथि लगातार दवाव बढाएर आक्रमण बुनेपनि गोल गर्न नसक्दा स्तब्ध बन्न पुग्यो ।
६८औं मिनेटमा ज्याकलिन हान्डले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा न्युजिल्यान्ड बराबरीबाट चुक्यो । त्यसपछि पनि गोल निस्कन नसक्दा न्युजिल्यान्डले हार बेहोर्न पुग्यो । समूहमा न्युजिल्यान्डको यो पहिलो हार हो । यसअघि न्युजिल्यान्डले पहिलो खेलमा नर्वेलाई १–० ले पराजित गरेको थियो ।
पहिलोपल्ट विश्वकप खेलिरहेको फिलिपिन्सको यो विश्वकपमा पहिलो र ऐतिहासिक जित हो । न्युजिल्यान्डमाथिको ऐतिहासिक जितसँगै फिलिपिन्सले नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ । फिलिपिन्स पहिलो खेलमा स्वीट्जरल्यान्डसँग २–० ले पराजित भएको थियो ।
यस जितसँगै फिलिपिन्सले समूह ‘ए’ मा दुई खेलबाट ३ अंक जोडेको छ । समान ३ अंक नै रहेपनि फिलिपिन्स स्वीट्जरल्यान्ड र न्युजिल्यान्डसँग गोल अन्तरमा पछि छ । नर्वे अंक विहीन छ । केही बेरमा स्वीट्जरल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]