default_image

2 years ago

July 25, 2023

एन्फालाई खेलाडी संघको ध्यानाकर्षण

320 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका फुटबल खेलाडीहरुको छाता संगठन नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई समसामयिक अवस्थाबारे ध्यानाकर्षण गराएको छ ।

मंगलबार एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई समक्ष खेलाडी संघका प्रतिनिधिले ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्रमा यू-१६ लिग, बी र सी डिभिजन लिग तथा महिला लिगको अवस्थाबारे उल्लेख गरिएको छ ।

पत्रमा लेखिएको विवरण यसप्रकार छ :

१. ए डिभिजनका १० क्लबहरु समावेश भएर सुरु भएको एन्फा यू–१६ युथ लिग अकस्मात रोकिएको छ ? यसैपनि तोकिएकोभन्दा ४ ओटा क्लब कम समावेश हुँदा कम खेलाडीले अवसर पाए । अब सुरु भइसकेको लिग पनि बिचमा रोकिँदा खेलाडीको मानसिक स्वास्थ्यमा पनि असर परेको छ । बाहिर जिल्लाबाट लिग खेल्नकै लागि पढाइलाई विश्राम दिएर आएको देख्दा हाम्रो प्रतियोगिता आयोजनाको संरचनानै बदल्नुपर्ने हो कि भन्ने प्रश्न पनि उठेको छ । अझ लिग खेल्न आएका खेलाडीलाई हामीले के उत्तर दिने? एन्फाले यसबारे छिटो भन्दा छिटो उचित निर्णय लिनुपर्छ भन्ने हाम्रो आग्रह हो ।

२. पटक पटक मिति तोक्दा पनि बी र सी डिभिजन लिग संचालन हुन सकेको छैन । अधिकांश क्लबले अन्तिम तयारी नै सुरु गरेको अवस्थामा लिग नहुँदा खेलाडीको भविष्य नै अन्यौलमा परेको छ । घरेलु फुटबलको मेरुदण्ड मानिएको लिग पिरामिडमा बी र सी डिभिजनको पनि ए डिभिजन जतिकै महत्त्व रहेको छ । एन्फालाई अबिलम्ब बी र सी डिभिजन लिगको मिति तोकेर क्लबहरुलाई तयारी सुरु गर्ने वातावरण गराइदिनुहुन अनुरोध गर्दछौं ।

३. गत साता महिला राष्ट्रिय फुटबल टोलीको प्रायोजकको रुपमा प्राइभेट संस्थासँग सम्झौता भएको खबरले हर्षित भएका छौं । अब छिट्टै महिला लिगको बारेमा पनि एन्फाबाट योजना आउने अपेक्षा गरेका छौं ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.