default_image

2 years ago

July 26, 2023

जापानको लगातार दोस्रो जित

334 views

0 Bookmark

डुनेडिन – एसियाली राष्ट्र जापानले फिफा महिला विश्वकप फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ । जापानले कोस्टा रिकालाई २–० ले पराजित गर्दै समूह ‘सी’ मा लागतार दोस्रो जित दर्ता गरेको हो ।

जापानले पहिलो खेलमा जाम्वियामाथि ५–० को फराकिलो जित निकालेको थियो । डुनेडिन स्टेडियम न्युजिलल्यान्डमा बुधबार भएको खेलमा जापानको जितमा हिकारु नाओमोटो र एओवा फुजिनोले गोल गरिन् । दुवै गोल पहिलो हाफमा २ मिनेटमा अन्तरमा भएको थियो ।

खेलको २५औं मिनेटमा हिकारु नाओमोटोले गोल गर्दै जापानलाई १–० को अग्रता दिलाइन् । उनले मिना तानाकाको पासमा गोल गर्न सफल भएकी थिइन् । त्यसको दुई मिनेटपछि एओवा फुजिनोले गोल गर्दै जापानको अग्रता दोब्बर पारिन् । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा जापानले सहज जित निकाल्न सफ भयो ।

यस जितसँगै जापानको दुई खेलबाट ६ अंक पुगेको छ । लगातार दोस्रो जितसँगै जापान नकआउट चरण नजिक पुगेको छ । पराजित कोस्टा रिका अंकविहीन छ । कोस्टा रिका पहिलो खेलमा स्पेनसँग पराजित भएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.