default_image

2 years ago

July 26, 2023

स्पेन विश्वकपको प्रि–क्वाटरफाइनलमा

426 views

0 Bookmark

अकल्यान्ड – उपाधिको दावेदार टोलीको रुपमा हेरिएको स्पेन एक खेल बाँकी छँदै फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको दोस्रो खेलमा जाम्वियामाथि ५–० को फराकिलो जित निकाल्दै स्पेनले एक खेल बाँकी छँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

स्पेनको जितले एसियाली राष्ट्र जापान पनि एक खेल अगावै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो समूहबाट जाम्विया र कोस्टा रिका समूह चरणबाटै बाहिरिएको छ ।

न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा बुधबार गोलको वर्षा भएको खेलमा स्पेनको फराकिलो जितम जेनीफर हर्माेसो र अल्वा रेडोन्डोले समान दुई गाृल गरिन् । एक गोल टेरेसाको नाममा रह्यो ।

गोलको वर्षा भएको खेलको नवौं मिनेटमा टेरेसाकै गोलबाट स्पेनले अग्रता लिन सफल भएको थियो । उनले जेनिफर हर्माेसोको पासमा गोल गर्न सफल भएकी थिइन् । १३औं मिनेटमा जेनिफर हर्माेसोले गोल गर्दै स्पेनलाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा स्पेनले थप आक्रमक खेल्दै तीन गोल थपेर फराकिलो जित निकाल्न सफल भयो । ६९औं मिनेटमा अल्वा रेडोन्डोले गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाइन् । उनले इभा मारिया नाभारोको पासलाई सदुपयोग गरिन् ।

स्पेन यतिमै रोकिएन । ७४औं मिनेटमा जेनिफर हर्माेसोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै स्पेनलाई सहज जिततर्फ अग्रसर गराइन् । ८६औं मिनेटमा अल्वा रेडोन्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दे स्पेनलाई ५–० को फराकिलो जित दिलाइन् ।

यस जितले स्पेन दुई खेलबाट ६ अंक जोडेर समुह ‘सी’ मा शीर्षस्थानमा उक्लिएको छ । समान ६ अंक नै रहेपनि जापान गोल अन्तरमा दोस्रो स्थानमा छ । यो समुहमा जाम्विया र कोस्टा रिकाले अंकको खाता खोल्न सकेको छैन ।

अब जापान र स्पेनबीचको खेलले समुह विजेताको टुंगो लाग्नेछ । यि दुई टोलीबीचको खेल ३१ जुलाईमा हुनेछ । सोही दिन कोस्टा रिका र जाम्वियाबीच प्रतिस्पर्धा हुनेछ । यि दुई टोली आफ्नो अन्तिम खेलमा जित निकाल्दै विश्वकपलाई सुखद् बिदाई गर्न चहान्छ ।

यही समुहको अर्काे खेलमा जापानले कोस्टा रिकालाई २–० ले पराजित गर्दै समुहमा लगातार दोस्रो जित निकालेको छ । जापानको जितमा हिकारु नाओमोटो र एओवा फुजिनोले गोल गरिन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.