2 months ago
July 27, 2023
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले प्रि सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । यसै सिजन अनुबन्धित भएका मिडफिल्डर जुड बेलिङघम र फरवार्ड जोसेलुले गोल गरेपछि रियलले २-० को जित निकालेको हो । रियलले दुवै हाफमा १-१ गोल गरेको थियो । खेलको छैटौं मिनेटमा नै बेलिङघमले रियललाई अघि बढाएका थिए । […]
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले प्रि सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
यसै सिजन अनुबन्धित भएका मिडफिल्डर जुड बेलिङघम र फरवार्ड जोसेलुले गोल गरेपछि रियलले २-० को जित निकालेको हो । रियलले दुवै हाफमा १-१ गोल गरेको थियो ।
खेलको छैटौं मिनेटमा नै बेलिङघमले रियललाई अघि बढाएका थिए । उनले एन्टोनियो रुडीगरले डिफेन्सबाट खेलेको लामो पासलाई नियन्त्रण गर्दै दोस्रो टचमा फिनिस गरे । अफसाइड ट्रयाप बिट गरेपछि उनले अघि बढेका गोलरक्षक आन्द्रे ओनानाको माथिबाट गोल गरेका थिए ।
खेलको अन्त्यतिर जोसेलुले दर्शनीय गोल गर्दै अग्रता दोब्बर पारे । बायाँ विंगबाट लुकास भाज्केजले दिएको क्रसलाई उनले ओभरहेड किकमार्फत गोलमा परिणत गरे ।
रियलले यसअघि मैत्रीपूर्ण खेलमा एसी मिलानलाई ३-२ ले हराएको थियो । अब क्लबले जुलाई ३० मा बार्सिलोना र अगस्ट ३ मा युभेन्टससँग खेल्नेछ ।
यता म्यानचेस्टर युनाइटेडले भने बोरूसिया डर्टमुन्डसँग जुलाई ३१, लेन्ससँग अगस्ट ५ र एथ्लेटिक बिल्बाओसँग अगस्ट ६ मा खेल्दैछ ।
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – आयोजक चीनले १९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको समूह ए मा मंगोलियालाई १६-० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह चरणको पहिलो खेल खेलिरहेको चीनले दुवै हाफमा ८-८ गोल गर्दै मंगोलियामाथि सानदार जित दर्ता गरेको हो । चीनको जितमा फरवार्ड वांग शुआंग एक्लैले ५ गोल गरिन् । त्यसबाहेक जिनजिन […]
September 22, 2023
एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो । जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि […]
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि […]