2 years ago
July 27, 2023
वेलिङ्टन – उपाधि दावेदार तथा साविक विजेता अमेरिका फिफा महिला विश्वकप फुटबलमा हारबाट जोगिदा पोर्चुगलले सहज जित हात पारेको छ ।

एक गोलले पछि परेको अमेरिकाले नेदरल्यान्डसँग १–१ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो । नेदरल्यान्ड्सकी जिल रुडले गोल गर्दा अमेरिकाकी लिन्डसे होरानले बराबरी गोल फर्काइन् ।
वेलिङटन रिजनल स्टेडियम न्युजिल्यान्डमा बिहीबार भएको खेलको १७औं मिनेटमा जिल रुडले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाइन् । उनले भिक्टोरिया पेलोभाको पासमा गोल गर्न सफल भएकी थिइन् । तर, पहिलो हाफमा एक गोलले पछि परेको उपाधि दावेदार अमेरिकाले दोस्रो हाफमा एक गोल फर्काएपनि जितको लागि पर्याप्त नहुँदा हार टर्यो ।
६२औं मिनेटमा लिन्डसे होरानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । साविक विजेता अमेरिकाले नेदरल्यान्डविरुद्ध आशतित प्रदर्शन गर्न नसक्दा दवाव झेल्नुपरेको थियो ।

यस बराबरीसँगै अपराजित रहेको अमेरिका समूह ‘ई’ मा २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाट समान अंक नै रहेपनि नेदरल्यान्ड्स गोलअन्तरमा दोस्रो स्थानमा छ ।
यही समूहको अर्काे खेलमा पोर्चुगलले भियतनाममाथि २–० को सहज जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ । समूहमा पहिलो जित निकालेको पोर्चुगल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग १–० ले पराजित भएको थियो ।
पोर्चुगलको जितमा टेलमा इनकारनाकाओ र फ्रान्सिका नाजारेथले गोल गरिन् । दुवै गोल पहिलो हाफमा भएको थियो । वाइकाटो स्टेडियम ह्यामिल्टन न्युजिल्यान्डमा भएको खेलको सातौं मिनेटमा टेलमा इनकारनाकाओले गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाइन् । उनले लुसिया आल्भेसको पासमा गोल गर्न सफल भइन् ।
२१औं मिनेटमा फ्रान्सिका नाजारेथले टेलमा इनकारनाकाओको पासमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारिन् । दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन् ।
यस जितसँगै पोर्चुगलले दुई खेलबाट ३ अंक जोडेको छ । पराजित भियतनाम अंकविहीन छ । अब पोचुगलले समूह चरणको अन्तिम खेलमा अमेरिकासँग खेल्दैछ । यो खेलमा जित निकाले पोर्चुगल नकआउट चरणमा पुग्नेछ ।
हारले बाहिरिने पोर्चुगललाई बराबरीको नतिजाले अघिल्लो चरणको लागि अर्काे खेलको नतिजा कुर्नुपर्ने हुन्छ । यही समूहको अर्काे खेलमा नेदरल्यान्ड्स र भियतनामबीच खेल हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]