2 years ago
July 27, 2023
ब्रिसवन – नाइजेरियाले फिफा महिला विश्वकप फुटबलमा सह आयोजक अष्ट्रेलियामाथि पूनरागमन जित निकालेको छ ।

नाइजेरियाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर घरेलु टोली अष्ट्रेलियामाथि ३–२ को सानदार जित निकालेको हो ।नाइजेरियाको पुनरागमन जितमा उचेना कानु, ओसिनाची ओहाले र एसीसाट ओसोएलाले गोल गरिन् । अष्ट्रेसलियाकी इमिली भान एगमोन्ड र एलाना केनिडीले गोल फर्काइन् ।
अष्ट्रेलियाको ब्रिसवनस्थित ब्रिसवन स्टेडियममा बिहीबार भएको प्रतिस्पर्धात्मक बनेको खेलमा गोलको लागि पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इमिली भान एगमोन्डले गोल गर्दै घरेलु टोली अष्ट्रेलियालाई १–० को अग्रता दिलाइन् । उनले केइटलिन फुर्डको पासमा गोल गर्न सफल भएकी थिइन् । तर, त्यो अग्रतालाई अष्ट्रेलियाले जोगाउन सकेन ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा उचेना कानुले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । ६५औं मिनेटमा ओसिनाची ओहालेले गोल गर्दै नाइजेरियालाई खेलमा २–१ को अग्रता दिलाइन् । उनले एजीवाडेको पासमा गोल गर्न सफल भइन् ।
७२औं मिनेटमा एसीसाट ओसोएलाले गोल गर्दै नाइजेरियालाई ३–१ को सानदार जित दिलाइन् । इन्ज्युरी समयको थप गरिएको १०औं मिनेटमा एलाना केनिडीले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि थप गोल गर्न नसक्दा नतिजा पनि सुम्पन पुग्यो ।
यस जितसँगै नाइजेरिया समूह ‘बी’ मा २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ४ अंक नै भएपनि क्यानडा गोल अन्तरमा दोस्रो स्थानमा छ । पराजित अष्ट्रेलिया २ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । आयरल्यान्ड अंकविहीन हुँदै पुछारमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]