2 years ago
July 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हान्झोउमा सेप्टेम्बर अन्त्यबाट सुरु हुने १९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल कठिन समूहमा परेको छ ।

नेपाल रहेको समूह डी मा हाल अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप खेलिरहेका दुई टोली जापान र भिएतनामसँगै दक्षिण एसियाली च्याम्पियन बंगलादेश रहेको छ । स्वर्ण पदकको दावेदार एवं पूर्व विश्वकप विजेता जापानसँग नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा भिड्न लागेको हो ।
भिएतनाम र बंगलादेशसँग भने नेपालले यसवर्ष नै खेलिसकेको छ । ओलम्पिक छनोटमा नेपाल र भिएतनामले दुई लेग खेलेका थिए । त्यस्तै बंगलादेशसँग साफ च्याम्पियनसिपको फाइनलमा पराजित नेपालले यसै महिना ढाकामा दुई खेलको मैत्रीपूर्ण सिरिज अपराजित रहेर पेनाल्टीमा जितेको थियो ।
एसियाली खेलकुदको महिला फुटबल स्पर्धामा १७ टोलीको सहभागिता रहनेछ । ५ समूहका शीर्ष टोलीसँगै उत्कृष्ट ३ उपविजेता अर्को चरणमा प्रवेश गर्नेछन् । समूह विभाजन यसप्रकार छ :
नेपाली टोली पछिल्लो डेढ महिनादेखि प्रशिक्षणमा व्यस्त रहेको छ । एन्फाले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अनन्तराज थापा प्रशिक्षक रहेपनि एसियाली खेलकुदका लागि भने बालगोपाल महर्जनले टोलीलाई तयारी गराइरहेका छन् । उनीसँग राखेप मुख्य प्रशिक्षक अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षक श्री प्रकाश वैद्य पनि साथमा छन् ।

एसियाली खेलकुदका लागि प्रशिक्षणमा रहेका २२ खेलाडी यसप्रकार छन् :
गोलरक्षक (३) : अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर (७) : अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे
मिडफिल्डर (६) : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी,अनिता बस्नेत, प्रीति राई, दिपा शाही
फरवार्ड (६) : सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिशा कार्की, रेखा पौडेल
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]