default_image

2 years ago

July 28, 2023

१० खेलाडीमा समेटिएको चीनले हाइटीलाई हरायो

362 views

0 Bookmark

एडिलेड – १० खेलाडीमा समेटिएको चीनले फिफा महिला विश्वकप फुटबलमा हाइटीलाई पराजित गरेको छ । चीनले हाइटीमाथि १–० को जित निकालेको हो ।

चीनको जितमा दोस्रो हाफमा सुआङ वाङले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ७४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्न सफल भएका थिए ।

हिन्डमार्स स्टेडियम एडिलेड अष्ट्रेलियामा शुक्रबार भएको खेलमा चीन पहिलो हाफमै १० खेलाडीमा समेटिएपनि महत्वपूर्ण जित निकाल्न सफल भयो ।

चीन २८औं मिनेटमा नै १० खेलाडीमा समेटिन पुगेको थियो । रुई झाङ सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिइन् । सेली ज्युडीमाथि फउल गरेपछि रेफ्रीले सुरुवातमा पहेलो कार्ड देखाएपनि पछि भिएआरको सहायतामा कार्ड परिवर्तन गरी उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाइन् । तर, त्यसले चीनलाई समस्या भएन ।

१० खेलाडीमा समेटिएपनि चीनले बल पोसेसन राख्दै हाइटीमाथि लागतार आक्रमण बुनिरह्योे । फलस्वरुप ७४औं मिनेटमा चीनले पेनाल्टीमार्फत अग्रता लिन सफल भयो ।

पेनाल्टी बक्समा माथुरिनले लिना याङलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै चीनलाई पेनाल्टी प्रदान गर्दा सुआङ वाङ चुकिनन् । त्यसपछि थप गोल निस्कन नसक्दा चीनले जित निकाल्न सफल भयो ।

यस जितसँगै चीनले समूह ‘डी’ मा दुई खेलबाट ३ अंक जोडेर नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । पराजित हाइटी अंकविहीन हुँदै पुछारमा रहेर समूह चरणबाटै बाहिरिएको छ ।

यो समूहमा इंग्ल्यान्ड ६ अंक जोडेर शीर्ष स्थानमा रहँदा डेनमार्क ३ अंक जोडेर दोस्रो स्थानमा छ । समान ३ अंक नै रहेपनि चीन गोल अन्तरमा पछि छ ।

अब यो समूह चरणको अन्तिम खेलमा चीनले इंग्ल्यान्डसँग तथा डेनमार्कले हाइटीसँग खेल्नेछ । इंग्ल्यान्डलाई नकआउट चरणमा पुग्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ । जितले चीन पनि नकआउट चरणमा प्रवेश गर्नेछ । बराबरीको नतिजाले चीन र डेनमार्कलाई आँफु अनुकुलको नतिजा आउनुपर्नेछ ।

विश्वकपमा शनिबार तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ मा फ्रान्स र ब्राजिल तथा पानामा र जमैकाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘जी’ मा स्वीडेन र इटालीबीच खेल हुनेछ । न्युजिल्यान्ड र अष्ट्रेलियाको विभिन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.