2 years ago
July 29, 2023
वेलिङ्टन – इटालीमाथि सानदार जित निकाल्दै स्वीडेन एक खेल बाँकी छँदै फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

स्वीडेनले इटालीमाथि ५–० को सानदार जित निकाल्दै एक खेल बाँकी छँदै अन्तिम १६ मा पुग्न सफल भएको हो । यससँगै स्वीडेन नकआउट चरणमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि स्पेन र जापान नकआउट चरणमा पुगिसकेको छ ।
वेलिङ्टन रिजनल स्टेडियम न्युजिल्यान्डमा शनिबार भएको खेलमा स्वीडेनको सानदार जितमा अमेन्डा आइलेस्टेडले दुई तथा फ्रिडोलिना रोल्फो, स्टिना ब्ल्याकस्टेनिअस र रेविका ब्लोमभिस्टले समान एक गोल गरिन् । स्वीडेनले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।
गोलको वर्षा भएको खेलमा स्वीडेनले पहिलो हाफको अन्त्यतिर ८ मिनेटको अन्तरमा तीन गोल थप्दै आरामदायी अग्रता लिन सफल भएको थियो । ३९औं मिनेटमा एमान्डाले गोल गर्दै स्वीडेनलाई १–० को अग्रता दिलाइन् । उनले जोना एन्डरसनको पासमा गोल गर्न सफल भइन् ।
४४औं मिनेटमा फ्रिडोलिना रोल्फोले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा स्टिनाले गोल थपेपछि स्वीडेन ३–० को बलियो स्थितिमा पुग्यो ।

५०औं मिनेटमा एमान्डाले जोनाकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि स्वीडेन सहज जिततर्फ अग्रसर बन्यो ।
चार गोलले पछि परेको इटालीले बल पोसेसन राख्दै स्वीडेनलाई दवाव बढाएपनि खेलको अन्त्यतिर अर्काे गोल खाँदै फराकिलो हार बेहोर्न पुग्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा रेविका ब्लोमभिस्टले गोल गर्दै स्वीडेनलाई सानदार जित दिलाइन् ।
यस जितसँगै नकआउट चरणमा पुगेको स्वीडेनको समूह ‘जी’ मा दुई खेलबाट ६ अंक पुगेको छ । समान खेलबाटै इटाली ३ अंक जोडेर दोस्रो स्थानमा छ । अर्जेन्टिना र दक्षिण अफ्रिकाको समान १ अंक छ ।
अब समूह चरणको अन्तिम खेलमा स्वीडेनले अर्जेन्टिनासँग तथा इटालीले दक्षिण अफ्रिकासँग खेल्नेछ । स्वीडेनलाई हार र बराबरीले कुनै फरक पर्नेछैन । इटालीलाई नकआउट चरण पुग्न दक्षिण अफ्रिकासँग बराबरी या अर्काे खेलमा अर्जेन्टिना रोकिनुपर्ने हुन्छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]