2 years ago
July 29, 2023
ब्रिसवन – फिफा महिला विश्वकप फुटबलमा फ्रान्सले ब्राजिलमाथि रोमाञ्चक जित निकालेको छ । फ्रान्सले ब्राजिललाई २–१ ले पराजित गरेकाे हाे ।

फ्रान्सको जितमा युजेनी ले सोमर र वेन्डी रेनार्डले गोल गरिन् । ब्राजिलकी डेविन्हाले एक गोल फर्काइन् । ब्रिसवन स्टेडियम अष्ट्रेलियामा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धातमक खेलमा फ्रान्सले खेलको १७औं मिनेटमा नै अग्रता लिन सफल भएको थियो ।
युजेनी ले सोमरले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाइन् । उनले काडिडियाटोउ डिएनीको पासमा गोल गर्न सफल भएकी थिइन् ।
उनी फ्रान्सको समेत सर्वाधिक गोलकर्ता हुन् । फ्रान्सेली क्लब लियोनबाट व्यवसायिक खेल खेलिरहेकी ३४ वर्षीय युजेनी ले सोमरले १८१ खेलमा ९० अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।
५८औं मिनेटमा डेविन्हाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि ८३ओं मिनेटमा वेन्डी रेनार्डले गोल गर्दै फ्रान्सलाई महत्वपूर्ण जित दिलाइन् । उनले सेल्मा बाचाको पासमा गोल गर्न सफल भएकी थिइन् ।
जारी विश्वकपमा फ्रान्सको यो पहिलो जित तथा ब्राजिलको पहिलो हार हो । फ्रान्स पहिलो खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिदा ब्राजिलले पानामामाथि ४–० को फराकिलो जित निकालेको थियो ।
यस जितसँगै अपराजित रहेको फ्रान्स दुई खेलबाट ४ अंक जोडेर समह ‘एफ’ मा शीर्षस्थानमा उक्लिएको छ । पराजित ब्राजिल समान खेलबाटै ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेका जमैका र पानामाको समान १ अंक छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]