default_image

10 months ago

July 30, 2023

होएलन्डका लागि म्यानचेस्टर युनाइटेडको प्रस्ताव स्वीकार

221 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब एटलान्टा डेनिस फरवार्ड रास्मस होएलन्डलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा बेच्न सहमत भएको छ ।

एटलान्टाले युनाइटेडको ७२ मिलियन पाउण्डको प्रस्ताव स्वीकार गरेको हो । २० वर्षीय फरवार्डका लागि युनाइटेडले ६४ मिलियन पाउण्ड ट्रान्सफर रकम र ८ मिलियन पाउण्ड बोनसको रुपमा तिर्नेछ ।

गत सिजन एटलान्टा आएका होएलन्डले ३४ खेलमा १० गोल गरेका थिए । युवा अवस्थामा नै शीर्ष लिगमा जमेका होएलन्डले युनाइटेडसँग ५ वर्षको सम्झौता गर्ने सम्भावना छ ।

युनाइटेडले होएलन्डलाई यस सिजनको तेस्रो अनुबन्धन बनाउन लागेको हो । यसअघि क्लबले ५५ मिलियन पाउण्ड खर्चेर चेल्सीबाट मिडफिल्डर मेसन माउन्ट र ४७ मिलियन पाउण्डमा इन्टर मिलानका गोलरक्षक आन्द्रे ओनानालाई भित्र्याइसकेको छ ।

होएलन्डलाई अनुबन्ध गर्न फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि चासो दिएको थियो । तर किलीयन एमबाप्पेको भविष्य अझै प्रष्ट नहुँदा क्लबले अहिले आन्तरिक समस्या सुल्झाउन व्यस्त रहेको छ ।

सन् २०२२ मा डेनमार्कको राष्ट्रिय टोलीबाट डेब्यु गरेका होएलन्डले ६ खेलमा ६ गोल गरिसकेका छन् ।

May 27, 2024

योर गेम इज नट फेयर प्ले

सन्जोग चाम्लिङ राई पहेँलो रंगको पृष्ठभूमिगाढा निलो अक्षर । मैदानमासबैभन्दा पहिले छिर्छएउटा चारकुने झण्डालेखिएको हुन्छ –“माई गेम इज फेयर प्ले” । मैदानको वारी छन्“भिटामिन डी” को रापमारापिएका दर्शकहरु ,पारी देखिन्छछहारीमा सुकला गरी रहेको एन्फाखेल्दै छन् मैदानमाभोको पेट र काँचका सपनाहरु । अचम्मको पोको हो एन्फाफुटबल नबोल्नुउसको गला होफुटबल नखेल्नुउसको कला हो । बहुमतको बिसौलीमाउ मात्तिन्छचौरास्ताको […]

May 27, 2024

जितका साथ बार्सिलोनामा जाभीको बिदाई

एजेन्सी – जितका साथ जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षण यात्राको अन्त्य गरेका छन् । स्पेनिस ला लिगामा आफ्नो अन्तिम खेलमा आइतबार बार्सिलोना सेभियालाई २–१ ले हराएको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले गोल गरे । सेभियाका लागि एन नेसिरीले गोल गरे । खेलको समाप्तीपछि बार्सिलोनाका खेलाडीले जाभीलाई बिदाइ गरे । बार्सिलोनाले यसअघि नै […]

May 26, 2024

पिएसजी फ्रेन्च कप च्याम्पियन

एजेन्सी – फ्रेन्च कपको उपाधि जित्दै फरवार्ड केलियन एमबाप्पेले आफ्नाे पेरिस सेन्ट जर्मेन (पिएसजी) बसाईकाे सुखद् अन्त्य गरेका छन्। पिएसजीले शनिबार लियोनमाथि २–१ को जित निकाल्दै उपाधि जित्न सफल भएको हो । पिएसजीका लागि आफ्नाे अन्तिम खेलमा भने एमबाप्पेले गाेल गर्न सकेनन् । पिएसजीका लागि अन्तिम खेल खेलिरहेका केलियन एमबाप्पेले उपाधिसहित क्लबबाट सुखद बिदाई लिएका […]

Success

Thank you for your time.