2 years ago
July 30, 2023
एजेन्सी – युरोपेली च्याम्पियन म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले साउदी प्रो लिगका क्लबहरुको आगमनले विश्व फुटबलको ट्रान्सफर बजारमा परिवर्तन आएको बताएका छन् ।

सिटीका अल्जेरियन विंगर रियाद माहरेजले साउदी क्लब अल आहलीसँग सम्झौता गरेसँगै गुआर्डीओलाले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले साउदी क्लबहरुले खुलेर खर्च गर्दा खेलाडीहरु त्यसतर्फ आकर्षित भएको र यसबारे अन्य युरोपेली क्लब र लिगले सोच्ने समय आएको बताएका हुन् ।
‘साउदी अरबले बजारमा परिवर्तन ल्याएको छ । केही महिनाअघि रोनाल्डो मात्र थिए, अहिले धेरै स्तरीय खेलाडी त्यसतर्फ लागेका छन् ।’
‘आउने दिनमा यो संख्या बढ्दै जानेछ । त्यसैले पनि क्लबहरु यसबारे सचेत हुनुपर्छ । रियादले निकै लोभलाग्दो प्रस्ताव पाए र हामीले उनलाई त्यसो नगर पनि भन्न सकेनौं,’ गुआर्डीओलाले भने ।
अल आहलीले माहरेज अनुबन्ध गर्न सिटीलाई ३० मिलियन पाउण्ड तिरेको हो । यसबाहेक माहरेजले सिटीमा पाएभन्दा दोब्बर बढी तलब बुझ्ने अनुमान रहेको छ । माहरेजसँगै न्युकासल युनाइटेडका एलन सेन्ट माक्सिमिन पनि अल आहली जाने सम्भावना छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]