default_image

2 years ago

July 30, 2023

आयोजक न्युजिल्यान्ड बाहिरियो, नर्वेको गोल वर्षा

375 views

0 Bookmark

डुनेडिन – सह आयोजक न्युजिल्यान्ड फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा स्वीट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको हो ।

डुनेडिन स्टेडियम न्युजिल्यान्डमा आइतबार भएको खेलमा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकियो ।

यस बराबरीले स्वीट्जरल्यान्ड समूह ‘ए’ मा अपराजित र शीर्षस्थानमा रहँदै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।अपराजित स्वीट्जरल्यान्डले समूह चरणमा ३ खेलबाट ५ अंक बटुल्यो । न्युजिल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहँदै बाहिरियो । समान ४ अंक नै रहेपनिनर्वे गोल अन्तरमा अघि रहँदै समूह उपविजेता बनेर अघि बढेको छ ।

समूह ‘ए’ को अर्काे खेलमा नर्वेले १० खेलाडीमा समेटिएको फिलिपिन्समाथि ६–० को सानदार जित निकालेर समूह उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

नर्वेको जितमा सोफी हाउगले ह्याट्रिक पूरा गर्दा क्यारोलिन ग्राहम हान्सेन र गुरो रेइटेनले गोल गर्दा एक गोल उपहार पाएको थियो । सोफी जारी विश्वकपमा ह्याट्रिक प्रहार गर्ने दोस्रो खेलाडी बनेकी छिन् । यसअघि ब्राजिलकी एरी बोर्गेसले ह्याट्रिक पुरा गरेकी थिइन् ।

यस जितले नर्वेले ३ खेलबाट ४ अंक बटुल्यो । समान ४ अंक नै रहेपनि नर्वे न्युजिल्यान्डभन्दा अघि रह्यो । पहिलोपल्ट विश्वकप खेलिरहेको फिलिपिन्स ३ अंक जोडेर पुछारमा रह्यो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.