default_image

2 years ago

July 30, 2023

जर्मनीमाथि कोलम्वियाको रोमाञ्चक जित

329 views

0 Bookmark

सिड्नी – कोलम्वियाले फिफा महिला विश्वकपमा उपाधि दावेदार जर्मनीमाथि रोमाञ्चक जित निकालेको छ । कोलम्वियाले जर्मनीमासथ २–१ को रोमाञ्चक जित दर्ता गरेको हो ।

कोलम्वियाको जितमा लिन्डा काइसेडो र म्यानुएला भानेगासले गोल गरिन् । जर्मनीकी एलेसान्द्रा पोपको गोल सान्त्वना बन्यो ।सिड्नी फुटबल स्टेडियम अष्ट्रेलियामा आइतबार प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।

५२औं मिनेटमा १८ वर्षीय लिन्डा काइसेडोले गोल गर्दै कोलम्वियालाई १–० को अग्रता दिलाइन् । ८९औं मिनेटमा एलेसान्द्रा पोपले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।

पेनाल्टी बक्समा ओवेरडर्फलाई गोलरक्षक क्याटालिना पेरेजले फउल गरेपछि रेफ्रीले जर्मनीलाई पेनाल्टी प्रदान गर्दा एलेसान्द्रा पोप चुकिनन् ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा म्यानुएला भेनेगासले गोल गर्दै कोलम्वियालाई रोमाञ्चक जित दिलाइन् । उनले लेसी सान्तोषको पासमा गोल गर्न सफल भइन् ।

यस जितसँगै कोलम्विया समूह ‘एच’ मा दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित जर्मनी ३ अंक जोडेर दोस्रो स्थानमा छ । मोरोक्कोको पनि ३ अंक रहेपनि गोल अन्तरमा पछि छ । दक्षिण कोरिया अंकविहीन हुँदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा मोरोक्कोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै समूह चरण पार गर्ने सम्भावना जीवितै राखेको छ ।

हिन्दमार्स स्टेडियम अष्ट्रेलियामा भएको खेलमा मोरोक्कोको जितमा इब्टिस्साम जेराइडीले छैटौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

लगातार दोस्रो हारसँगै दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएको छ । अब समूह चरणको अन्तिम खेलमा दक्षिण कोरिया र जर्मनी तथा कोलम्विया र मोरोक्कोबीच खेल हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.