2 months ago
July 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका विंगर मनिष डाँगीले थाइल्याण्डको दोस्रो श्रेणीको क्लब रायोङ फुटबल क्लबसँग सम्झौता गरेका छन् । मनिषले नयाँ सिजनका लागि रायोङसँग १ वर्षे सम्झौता गरेको क्लबले जनाएको छ । गत सिजन १८ टोली सम्मिलित दोस्रो डिभिजन लिगको सातौं स्थानमा रहेको टोलीले शीर्ष डिभिजनमा उक्लने लक्ष्यसहित उनलाई अनुबन्ध गरेको हो […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका विंगर मनिष डाँगीले थाइल्याण्डको दोस्रो श्रेणीको क्लब रायोङ फुटबल क्लबसँग सम्झौता गरेका छन् ।
मनिषले नयाँ सिजनका लागि रायोङसँग १ वर्षे सम्झौता गरेको क्लबले जनाएको छ । गत सिजन १८ टोली सम्मिलित दोस्रो डिभिजन लिगको सातौं स्थानमा रहेको टोलीले शीर्ष डिभिजनमा उक्लने लक्ष्यसहित उनलाई अनुबन्ध गरेको हो ।
मनिषले क्लबबाट एक मैत्रीपूर्ण खेल खेल्दै एक असिस्ट पनि प्रदान गर्दै प्रभाव देखाएका थिए । उक्त खेलमा रायोङ २-१ ले विजयी रहेको थियो ।
मनिषले गत सिजन नेपालको ए डिभिजन लिगमा संकटा क्लबबाट खेलेका थिए । उनले २४ खेलमा २३ खेल सुरुवात गर्दै ४ गोल र २ असिस्ट प्रदान गरेका थिए । राष्ट्रिय टोलीबाट २२ खेल खेलेका मनिषले हालसम्म २ गोल गरेका छन् । उनी लाओसविरुद्ध थ्री नेसन्स कपको फाइनलमा पनि गोल गर्न सफल रहेका थिए ।
मनिषले त्यसअघि बहराइनको अल रिफ क्लबमा पनि केहि समय बिताएका थिए । त्यसअघि मच्छिन्द्र क्लबबाट ए डिभिजन लिगको उपाधि जितेका मनिषले नेपाल सुपर लिगमा विराटनगर सिटी फुटबल क्लबको जर्सी पनि लगाएका थिए । उनले सी डिभिजनमा खालीबारी युवा क्लबबाट नेपाली फुटबलमा प्रवेश गरेका थिए ।
*यसअघि मनिष थाइ लिग खेल्ने दोस्रो खेलाडी हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्याइएको छ ।
September 25, 2023
बिर्तामोड (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ । सैनिक युथ क्लबका उपाध्यक्ष समेत रहेका कटुवालकी आमा ईन्द्रमाया कटुवालको आइतबार साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो । उनी मिर्गाैलासम्बन्धी रोगबाट पीडित थिइन् । २०१५ सालमा जन्मिएकी ईन्द्रमायाका प्रवेश र गणेश […]
September 25, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गर्दै चेल्सीले भने एस्टन भिल्लासँग १-० को साँघुरो हार बेहोर्यो । लिभरपुलका लागि मोहम्मद सालाह, डार्विन नुनेज र डिएगो जोटाले समान एक-एक गोल गरेका थिए । वेस्ट ह्यामका लागि […]
September 25, 2023
एजेन्सी – स्पेनिश लालिगा अन्तर्गत प्रतिष्ठित म्याड्रिड डर्बीमा एटलेटिको म्याड्रिडले जित हासिल गरेको छ । एटलेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एटलेटिको मड्रिडले आफ्नै सहरको प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एटलेटिकोको जितमा अल्भारो मोराटाले दुई तथा एन्टोवान ग्रिजम्यानले एक गोल गरेका थिए। रियलका लागि टोनी क्रुसले एक गोल गरे। […]