2 years ago
August 1, 2023
एजेन्सी – अमेरिकी क्लब इन्टर मायमीले लिग्स कप २०२३ को राउन्ड अफ ३२ चरणमा अपराजित ओर्लान्डो सिटीको सामना गर्ने भएको छ ।

मायमीले आफ्नो समूहमा लगातार दुई जित दर्ता गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको थियो । ओर्लान्डोले लिगको अन्तिम खेलमा मेक्सिकोको सान्तोस लागुनालाई अन्तिम मिनेटको गोलले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएको हो । यसअघि ओर्लान्डोले ह्युस्टन डाइनामोलाई पेनाल्टीमा हराएको थियो ।
मायमीले भने पहिलो खेलमा लिओनेल मेस्सीको इन्ज्युरी समयको फ्रिकिकले क्रुज अजुललाई हराएको थियो । त्यसपछि एटलान्टाविरुद्ध मेस्सीकै उच्च प्रदर्शनमा ४-० को जित निकालेको हो । मेस्सीले मायमीका लागि २ खेलमा ३ गोल र १ असिस्ट प्रदान गरेका छन् ।
राउन्ड अफ ३२ मा अब मायमी र ओर्लान्डोको खेल अगस्ट २ मा फ्लोरिडास्थित फोर्ट लौडरडेलमा हुनेछ । नेपाली समयअनुसार उक्त खेल बिहीबार विहान ५:४५ बजे सुरु हुनेछ । उक्त खेलको विजेताले एफसी डाल्लास र माजात्लानबीच खेलको विजेतासँग अन्तिम १६ मा खेल्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]