2 years ago
August 1, 2023
डुनेडिन – भियतनाममाथि सानदार जित दर्ता गर्दै नेदरल्यान्ड्स साविक विजेता अमेरिका रहेको समूह ‘ईं’ को विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

डुनेडिन स्टेडियम न्युजिल्यान्डमा मंगलबार भएको खेलमा भियतनामलाई ७–० को भारी गोल अन्तरले हराएर नेदरल्यान्ड्स समूह विजेता बनेर अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएको हो ।
नेदरल्यान्ड्सको सानदार जितमा इस्मी ब्रुट्स र जिल रुडले समान दुई तथा लिके मार्टिन्स, कट्जा स्नोइस र ड्यानिल भान डि डन्कले समान एक गोल गरिन् । पहिलो हाफमै पाँच गोल गरेको नेदरल्यान्ड्सले दोस्रो हाफमा दुई गोल थप्दै सानदार जित दर्ता गर्यो ।
गोलको वर्षा भएको खेलको आठौं मिनेटमा लेकी मार्टिन्सको गोलबाट नेदरल्यान्ड्सले गोलको खाता खोल्यो । ११औं मिनेटमा कट्जा स्नोइसले गोल गर्दै डच टोलीको अग्रता दोब्बर बनायो । उनले ड्यानिलको पासमा गोल गर्न सफल भएकी थिइन् ।
१८औं मिनेटमा इस्मीले गोल गरेपछि नेदरल्यान्ड्स खेलमा ३–० ले अघि बढ्यो । उनले लेकीको पासमा गोल गर्न सफल भएकी थिइन् । २३औं मिनेटमा जिल रुडले गोल गरेपछि नेदरल्यान्ड्सले २३ मिनेटमै ४–० को आरामदायी अग्रता लिन सफल भयो ।
४५औं मिनेटमा ड्यानिलले गोल गरेपछि नेदरल्यान्ड्स पहिलो हाफमा ५–० को आरामदायी स्थितिमा अघि बढ्यो । ५७औं मिनेटमा इस्मीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरेपछि नेदरल्यान्ड्स खेलमा ६–० ले अघि बढ्यो ।
६७औं मिनेटमा लेकीले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ८३औं मिनेटमा जिल रुडले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गर्दै सानदार जित दिलाइन् ।
यस जितसँगै अपराजित रहेको नेदरल्यान्ड्सले समूह ‘ई’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थान कब्जा गर्यो । समान खेलबाटै अमेरिकाले ५, पोर्चुगलले ४ तथा भियतनाम अंकविहीन बन्यो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]