default_image

2 years ago

August 1, 2023

जेम्स चम्कँदा इंग्ल्यान्डको फराकिलो जित

243 views

0 Bookmark

एडिलेड – लौरेन जेम्सले दुई गोलसँगै तीन असिस्ट प्रदान गरेपछि इंग्ल्यान्डले फिफा महिला विश्वकप फुटबलको समूह चरणको तेस्रो खेलमा फराकिलो जित हात पारेको छ ।

समूह चरणको अन्तिम खेलमा चीनमाथि ६–१ को फराकिलो जित दर्ता गर्दै इंग्ल्यान्ड समूहमा लगातार तेस्रो जित दर्ता गर्दै समूह ‘डी’ को विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

हिन्दमार्स स्टेडियम एडिलेड अष्ट्रेलियामा मंगलबार भएको खेलमा इंग्ल्यान्डको सहज जितमा लौरेन जेम्सले दुई तथा एलेसिया रुसो, लौरेन हेम्प, चोलाई केली र रचेल डलीले समान एक गोल गरिन् । चीनकी सुहाङ वाङले एक गोल फर्काइन् ।

इंग्ल्यान्डले खेलको चौथो मिनेटमा नै एलेसिया रुसोको गोलबाट अग्रता लिन सफल भएको थियो । उनले लौरेन जेम्सको पासमा गोल गर्न सफल भइन् । २६औं मिनेटमा लौरेन जेम्सकै पासमा लौरेन हेम्पले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारिन् ।

सुरुवाती दुई गोलमा असिस्ट प्रदान गरेकी लौरेन जेम्सले ४१औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई खेलमा ३–० को अग्रता दिलाइन् । उनले एलेक्स ग्रीनवुडको पासलाई सदुपयोग गरिन् । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा लौरेन जेम्सले गोल गरेपनि भिएआरबाट अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।

५७औं मिनेटमा सुहाङ वाङले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याइन् । पेनाल्टी बक्समा लुसी ब्रन्जले हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै चीनलाई पेनाल्टी प्रदान गर्दा सुहाङ चुकिनन् । ६५औं मिनेटमा लौरेन जेम्सले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि इंग्ल्यान्ड खेलमा ४–१ ले अघि बढ्यो ।

७७औं मिनेटमा चोलोई केलीले गोल गर्दै इंग्ल्यान्डलाई ५–१ ले अघि बढाइन् । यस गोलमा लौरेन जेम्सले असिस्ट प्रदान गरिन् । यो उनको ह्याट्रिक असिस्ट हो । ८४औं मिनेटमा रचेलले लौरा कम्व्सको पासमा गोल गर्दै इंग्ल्यान्डलाई ६–१ को सानदार जित दिलाइन् ।

यस जितसँगै समूहमा शतप्रतिशत जित निकालेको इंग्ल्यान्डले ३ खेलबाट ९ अंक जोड्यो । पराजित चीन ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

यही समूहको अर्काे खेलमा डेनमार्कले हाइटीमाथि २–० को सहज जित निकालेको छ । पर्थ रेकटेङ्गुलर स्टेडियम अष्ट्रेलियामा मंगलबार भएको खेलमा डेनमार्कको जितमा पर्निल हार्डर र सान्नी ट्रोइल्सगार्डले गोल गरिन् ।

पर्निलले २१औं मिनेटमा गोल गर्न सफल भएका थिए । त्यसअघि चौथो मिनेटमा सिमोन बोइको गोलले भिएआरबाट मान्यता पाएन । ८३औं मिनेटमा पर्निलको गोलले पनि भिएआरबाटै मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा सान्नी ट्रोइल्सगार्डले गोल गर्दै डेनमार्कको सहज जित पक्का गरिन् ।

यस जितसँगै डेनमार्क ३ खेलबाट ६ अंक जोडेरमा समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । हाइटी अंकविहीन हुँदै बाहिरिएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.