2 years ago
August 2, 2023
एजेन्सी – विंगर साडियो माने जर्मन क्लब बायर्न म्युनिख छाडेर साउदी अरबको अल नासरमा अनुबन्धित भएका छन् ।

बायर्नले मंगलबार एक विज्ञप्तिमार्फत दुई क्लबबीच मानेको ट्रान्सफरका लागि सहमति भएको जनाएको छ । गत सिजन बायर्नबाट जर्मन लिग जितेका सेनेगलका स्टार माने जम्न भने सकेनन् । आन्तरिक द्वन्द्वकै कारण क्लबले उनलाई बेचेको हो ।
मानेले अब अल नासरमा रोनाल्डोसँग आक्रमणमा साझेदारी गर्नेछन् । रोनाल्डो गत जनवरीमा साउदी गएसँगै युरोपका शीर्ष क्लबबाट अन्य खेलाडी पनि त्यसतर्फ आकर्षित हुन थालेका छन् । अल नासरले इन्टर मिलानबाट मार्सेलो ब्रोजोभिच, म्यानचेस्टर युनाइटेडबाट एलेक्स टेलेस र लेन्सबाट सेको फोफाना भित्र्याइसकेको छ ।
मानेकै पूर्व क्लब लिभरपुलबाट कप्तान जोर्डन हेन्डरसन, रोबर्टो फिर्मिनो र फाबिन्हो पनि साउदी पुगेका छन् । ब्यालोन डि’अर विजेता करीम बेन्जेमा, चेल्सीका एनगोलो कान्टे पनि साउदी क्लबबाट खेल्दैछन् ।
गत साता म्यानचेस्टर सिटीका रियाद माहरेज पनि साउदी आएपछि प्रशिक्षक पेप गुआर्डीअोलाले युरोपेली क्लबले यसबारे शतर्क हुनुपर्ने धारणा राखेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]