2 years ago
August 2, 2023
ह्यामिल्टन – उपाधि दावेदार स्वीडेन समूह विजेता बन्दै फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गर्दा अर्जेन्टिना समूह चरणबाटै बाहिरिएको छ ।

अर्जेन्टिनालाई २–० ले पराजित गर्दै स्वीडेन समूह ‘जी’ को विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा अर्जेन्टिना पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएको हो ।
न्युजिल्यान्डको ह्यामिल्टनस्थित वाइकाटो स्टेडियममा बुधबार भएको खेलमा स्वीडेनको जितमा रेविका ब्लोमभिस्ट र एलिन रुवेन्सनले गोल गरिन् । खेलको सुरुवात देखि नै बल पोसेसन राखेको स्वीडेनले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
६६औं मिनेटमा रेविकाले गोल गर्दै स्वीडेनलाई १–० को अग्रता दिलाइन् । उनले सोफिया जाकोब्सनको पासमा गोल गर्न सफल भएकी थिइन् । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एलिन रुवेन्सनले पेनाल्टीमा गोल गर्दै स्वीडेनलाई २–० को सहज जित दिलाइन् ।
ग्राविएला चाभेजले पेनाल्टी बक्समा रेविका ब्लोमभिस्टमाथि फउल गरेपछि रेफ्रीले स्वीडेनलाई पेनाल्टी प्रदान गर्दा उनी चुकिनन् । अर्जेन्टिनाले भने कुनै पनि समय गतिलो आक्रमण बुन्न सकेन ।
यस जितसँगै शत प्रतिशत जित निकालेको स्वीडेनले ३ खेलबाट ९ अंक बटुल्यो । पराजित अर्जेन्टिना १ अंक जोडेर पुछारमा रहँदै बाहिरिएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]