2 years ago
August 2, 2023
वेलिङटन – इटालीमाथि रोमाञ्चक पूनरागमन जित निकाल्दै दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एक गोलले पछि परेको स्थिति उल्ट्याएर दक्षिण अफ्रिकाले इटालीमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकाल्दै समूह ‘जी’ को उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । यो समूहबाट स्वीडेन समूह विजेता बन्दा इटाली र अर्जेन्टिना बाहिरिएको छ ।
दक्षिण अफ्रिकाको रोमाञ्चक जितमा हिल्दाह मागाए र थेम्वी केगाटालनाले गोल गर्दा एक गोल उपहार पाएको थियो । इटालीका लागि दुवै गोल एरिएना करुसोले गरेपनि हार टार्न सकेन ।
न्युजिल्यान्डको वेलिङटनस्थित वेलिङटन रिजन स्टेडियममा बुधबार भएको रोमाञ्चक बनेको खेलको ११औं मिनेटमा एरिएना करुसोले पेनाल्टीमा गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाइन् । तर, इटालीको त्यो अग्रता लामो समय टिकेन ।
३२औं मिनेटमा बेनेडेट्टा ओर्सीले आत्मघाती गोल गरेपछि दक्षिण अफ्रिका खेलमा फर्कियो । ६७औं मिनेटमा हिल्दाह मागाएले गोल गर्दै दक्षिण अफ्रिकालाई २–१ को अग्रता दिलाइन् । उनले थेम्वीको पासलाई सदुपयोग गरिन् ।
७४औं मिनेटमा रएना करुसोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् । उनले क्रिस्टिना जिरेलीको पासमा गोल गर्न सफल भएकी थिइन् ।
बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा थेम्वीले गोल गर्दै दक्षिण अफ्रिकालाई ३–२ को रोमाञ्चक जित दिलाएर नकआउट चरणको यात्रा तय गराइन् । इटालीलाई नकआउट चरण पार गर्न बराबरी नै पर्याप्त रहँदा अन्तिम समयमा सम्हालिन नसक्दा गोल खाँदै बाहिरिन पुग्यो ।
यस जितले दक्षिण अफ्रिका ३ खेलबाट ४ अंक बटुलेर दोस्रो स्थानमा रह्यो । इटाली ३ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो । स्वीडेन तीन खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहँदा अर्जेन्टिना १ अंक जोडेर पुछारमा रह्यो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]