default_image

2 years ago

August 2, 2023

ब्राजिल विश्वकपबाट बाहिरियो

540 views

0 Bookmark

मेलवर्न – उपाधि दावेदार टोलीको रुपमा हेरिएको ब्राजिल फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

नकआउट चरण पार गर्न जित निकाल्नुपर्ने समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो ।

ब्राजिललाई बराबरीमा रोकेको जमैका भने समूहमा दोस्रो हुँदै प्रि–क्वाटरफाइनलमा पुगन सफल भएको छ । मेलवर्नस्थित मेलवर्न रेकटेङ्गुलर स्टेडियममा बुधबार भएको खेलमा ब्राजिलले ७३ प्रतिशत बल पोसेसन राख्दै लगातार दवाव सिर्जन गरेपनि जमैकाको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिदै समूह चरणबाटै बाहिरिन पुग्यो ।

अग्रपङ्तिमा विरलै मौका बनाएको जमैकाले डिफेन्स र गोलकिपिङमा भने अब्बल प्रदर्शन गर्दै ब्राजिललाई रोक्दै समूह चरण पार गर्न सफल भयो । जमैका पहिलो पटक विश्वकप फुटबलको नकआउट चरणमा पुग्न सफल भएको हो ।

यस बराबरीसँगै अपराजित रहेको जमैका ३ खेलबाट ५ अंक जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा रह्यो । ब्राजिल समान एक जित, बराबरी र हारबाट ४ अंक जोडेर तेस्रो भयो । यो समूहमा फ्रान्सले तीन खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहँदा पानामा अंकविहीन हुँदै बाहिरियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.