2 years ago
August 2, 2023
सिड्नी – गोलको वर्षा भएको खेलमा पानामामाथि रोमाञ्चक पूनरागमन जित निकाल्दै फ्रान्स समूह विजेताको रुपमा फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

पानामामाथि ६–३ को रोमाञ्चक जित निकाल्दै फ्रान्स समूह ‘एफ’ को विजेता बनेको हो । फ्रान्सको जितमा काडिडियाटोउ डिएनीले ह्याट्रिक पूरा गर्दा माइल लाकरर, लिया लि गारेस र भिकी बेचोले समान एक गोल गरिन् । पानामाकी मार्टा कक्स, योमिरा पिन्जन र लिनेथ सेडेनोले गोल फर्काइन् ।
सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा बुधबार गोलको वर्षा भएको खेलमा सुरुवाती अग्रता पानामाले लिएपनि त्यसलाई जोगाउन सकेन । खेलको दोस्रो मिनेटमा नै मार्टा कक्सले फ्रिकिकमा दर्शनीय गोल गर्दै पानामालाई सुरुवाती अग्रता दिलाइन् ।
एक गोलले पछि परेको फ्रान्सले २१औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । माइल लाकररले क्लारा माटियोको पासमा गोल गर्न सफल भइन् । २८औं मिनेटमा काडिडियाटोउ डिएनीले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाइन् ।
३७औं मिनेटमा काडिडियाटोउ डिएनीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सलाई फराकिलो अग्रतातर्फ अग्रसर गराइन् । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा लिया लि गारेसले गाल गरेपछि फ्रान्स पहिलो हाफमा ४–१ ले अघि बढ्यो ।
५२औं मिनेटमा काडिडियाटोउ डिएनीले ह्याट्रिक पूरा गर्दा फ्रान्सले खेलमा ५–१ को आरामदायी अग्रता लिन सफल भयो । उनी जारी विश्वकपमा ह्याट्रिक प्रहार गर्ने तेस्रो खेलाडी बनेकी छिन् । यसअघि ब्राजिलकी एरी बोर्गेस र नर्वेकी रोमन हउगले ह्याट्रिक पूरा गरेकी थिइन् ।
त्यसपछि पानामाले दुई गोल थपेपनि जितको लागि पर्याप्त भएन । ६४औं मिनेटमा योमिरा पिनजोनले गोल गर्दे खेललाई ५–२ को स्थितिमा ल्याइन् ।
८७औं मिनेटमा लिनेथ सेडेनोले गोल गर्दै खेललाई ५–३ को स्थितिमा ल्याउँदै खेलमा फर्काउने संकेत दिएपनि इन्ज्युरी समयको थप गरिएको १०औं मिनेटमा भिकी बेचोले गोल गर्दे फ्रान्सलाई ६–३ को सानदार पूनरागमन जित दिलाइन् ।
यस जितले अपराजित रहेको फ्रान्सले समूह ‘एफ’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित पानामा अंकविहीन बन्यो । जमैकाले ५ तथा ब्राजिलले ४ अंक जोड्यो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]