default_image

2 years ago

August 2, 2023

लिभरपुलमाथि बायर्नको रोमान्चक जित

392 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले प्रि सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ । निकै रोमान्चक खेलमा बायर्नले इन्ज्युरी समयमा गोल गर्दै ४-३ को जित दर्ता गरेको हो ।

खेलमा लिभरपुलले दुई पटक अग्रता लिएपनि जित निकाल्न सकेन । खेलको दोस्रो मिनेटमा नै लिभरपुलले कोडी गाक्पोको गोलमा अग्रता लिएको थियो । उनले वन भर्सेस वनमा गोलरक्षक यान सोमरलाई बिट गरेका थिए ।

त्यसपछि २८ औं मिनेटमा नवनियुक्त कप्तान भर्जील भान डाइकले गोल गरे । एन्डी रोबर्टसनको कर्नरमा भान डाइकले सहजै हेडरमार्फत गोल गरेका थिए ।

३३ औं मिनेटमा सर्ज जिनाब्रीले काउन्टर अट्याकमा बढेको आक्रमणलाई गोलमा परिणत गरे । त्यसपछि ४२ औं मिनेटमा लेरोय सानेले जिनाब्रीकै पासमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ६६ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई पुन: अघि बढाए । उनले मोहमद सलाहको पासलाई पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरेका थिए ।

८० औं मिनेटमा जोसिप स्टानीसिचले गोल गरे । १७ वर्षीय मिडफिल्डर एरिजोन इब्राहिमोभिचको फ्रिकिकमा म्याथिस डी लिग्टले गरेको प्रहार गोलरक्षक एलिसनले बचाएपछि रिबाउन्डमा सेन्टर डिफेन्डर स्टानीसिचले गोल गरेका थिए ।

इन्ज्युरी समयमा बायर्नका लागि २० वर्षीय फरवार्ड फ्रान्स क्रात्जिगले गोल गरे । डी लिग्टले खेलेको फ्रिकिकमा अफसाइड ट्रयाप बिट गर्दै क्रात्जिगले पेनाल्टी क्षेत्र नजिकबाट सानदार गोल गरेका थिए । उनले गरेको प्रहार गोलमा परिणत हुँदा उनी आफैं विश्वास गर्न सकिरहेका थिएनन् ।

लिभरपुलले यसअघि मैत्रीपूर्ण खेलमा लेस्टर सिटीलाई ४-० ले पराजित गरेको थियो । अब टोलीले अगस्ट ७ मा अर्को जर्मन टोली डार्मस्टाटको सामना गर्नेछ । प्रिमियर लिगको पहिलो खेलमा लिभरपुलले अगस्ट १३ मा चेल्सीको सामना गर्नेछ ।

बायर्नले भने यसअघि कावासाकी फ्रन्टेललाई १-० ले हराएको थियो । क्लबले अब अगस्ट ७ मा मोनाकोसँग मैत्रीपूर्ण खेल्नेछ । त्यसपछि सिजनको सुरुवाती खेल अगस्ट १३ तारिखमा जर्मन सुपर कप अन्तर्गत आरबी लाइप्जिगसँग रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.