default_image

4 months ago

August 3, 2023

जेससले सिजनको सुरुवात गुमाउने

एजेन्सी – इंग्लिस क्लब आर्सनलका ब्राजिलियन फरवार्ड ग्याब्रिएल जेससले चोटका कारण शल्यक्रिया गरेपछि सिजनको सुरुवात गुमाउने भएका छन् । प्रशिक्षक मिकेल आर्टेटाका अनुसार जेसस केही साताका लागि मैदानबाहिर रहने पक्का भएको हो । गत सिजन नै देखिएको घुँडाको समस्यालाई समाधान गर्न उनको शल्यक्रिया गरिएको हो । सिजन सुरु हुन एक साता बाँकी रहँदा जेससको चोटले […]

204 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनलका ब्राजिलियन फरवार्ड ग्याब्रिएल जेससले चोटका कारण शल्यक्रिया गरेपछि सिजनको सुरुवात गुमाउने भएका छन् ।

प्रशिक्षक मिकेल आर्टेटाका अनुसार जेसस केही साताका लागि मैदानबाहिर रहने पक्का भएको हो । गत सिजन नै देखिएको घुँडाको समस्यालाई समाधान गर्न उनको शल्यक्रिया गरिएको हो । सिजन सुरु हुन एक साता बाँकी रहँदा जेससको चोटले आर्सनललाई धक्का पुगेको छ ।

आर्सनलले सिजनको सुरुवातमा म्यानचेस्टर सिटीविरुद्ध कम्युनिटी सिल्डका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसपछि लिगको पहिलो खेलमा आर्सनलले नटिङघम फरेस्टको सामना गर्नेछ ।

प्रशिक्षक आर्टेटाले लयमा फर्किएका जेससको कमीले टोलीलाई असर पर्ने बताए । ‘हाम्रो लागि ठूलो धक्का हो । उनी उच्च लयमा खेलिरहेका थिए । तर उनको सामान्य शल्यक्रिया गर्नुपर्यो,’ उनले भने ।

‘जेससको घुँडामा समस्या आएपछि हामीलाई समाधान चाहिएको थियो । ठूलो शल्यक्रिया त होइन तर केही साता बाहिर रहनेछन् । अब उनलाई चाडो भन्दा चाडो टिममा फर्काउन प्रयास हुनेछ ।’

आर्सनलले प्रि सिजनमा म्यानचेस्टर युनाइटेडसँग हार बेहोरेपनि बार्सिलोनालाई पराजित गरेको थियो । अन्तिम खेलमा मोनाकोसँग १-१ को बराबरीपछि सडन डेथमा आर्सनल विजयी भएको थियो ।

December 6, 2023

मेस्सी टाइम एथलिट अफ द इयर २०२३

एजेन्सी – लियोनल मेस्सी टाइम एथलिट अफ द इयर २०२३ घोषित भएका छन् । मेस्सीले टाइमले एथलिट अफ द इयर घोषित हुने पहिलो पुरुष फुटबल खेलाडी बनेर इतिहास समेत रचेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले डिसेम्बर २०२२ मा कतारमा तेस्रो पटक फिफा विश्वकप जितेको ३ सय ५२ दिनपछि यो पुरस्कार घोषणा गरिएको हो । फ्रान्सविरुद्धको […]

December 6, 2023

‘सी’ डिभिजन लिग फागुन १५ बाट हुने !

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिग फागुन १५ गतेबाट सुरु गर्ने अखिल नेपाल फुटबल क्लब (एन्फा) र सी डिभिजन क्लबबीच सहमति भएको छ । १४ मध्ये १३ क्लबका प्रतिनिधि र एन्फा महासचिव किरण राईको नेतृत्वमा बुधबार भएको संयुक्त छलफलबाट फागुन १५ गतेबाट सी लिग गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका […]

December 6, 2023

आर्सनलको नाटकीय जितमा राइस नायक

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राती भएको खेलमा पहिलो स्थानमा रहेको आर्सनलले नाटकीय जित दर्ता गरेको छ । अन्तिम समयमा गोल गर्दै आर्सनलले रोमाञ्चक खेलमा लुटन टाउनमाथि ४-३ को जित हासिल गरेको हो । आर्सनल जितमा डेक्लन राइस नायक भने । उनले इन्जुरी समयको सातौं मिनेटमा गोल गर्दै आर्सनलको जित पक्का गरे । […]

Success

Thank you for your time.