default_image

2 years ago

August 3, 2023

मायमी लिग्स कपको अन्तिम १६ मा

1136 views

0 Bookmark

एजेन्सी – कप्तान लिओनेल मेस्सीको दुई गोलको सहयोगमा इन्टर मायमी ओर्लान्डो सिटीलाई हराउँदै लिग्स कप २०२३ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

लिग्स कपको राउन्ड अफ ३२ को खेलमा मायमीले ३-१ को जित दर्ता गरेको हो । मायमीका लागि प्लेयर अफ द म्याच घोषित कप्तान मेस्सीले दुई गोल गर्दा जोसे मार्टिनेजले १ गोल गरे । ओर्लान्डोका लागि सेजार अराउजोले बराबरी गोल फर्काएका थिए ।

अब मायमीले क्वाटरफाइनलमा पुग्न एफसी डालासको सामना गर्नेछ । डालासले मेक्सिकोको माजात्लानलाई २-१ ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

खेलको सातौं मिनेटमा मेस्सीले इन्टरलाई अग्रता दिलाए । उनले रोबर्ट टेलरको पासमा गोल गरेका थिए । टेलरले बायाँ विंगबाट दिएको पासलाई मेस्सीले छातीले नियन्त्रणमा लिँदै गोलमा परिणत गरे ।

१७ औं मिनेटमा ओर्लान्डोले बराबरी गोल फर्कायो । सुरुवाती प्रहार गोलरक्षक क्यालेन्डरले विफल पारेपनि सेजार अराउजोले रिबाउन्डमा शक्तिशाली प्रहारका साथ गोल गरे ।

३१ औं मिनेटमा मेस्सीको प्रहार पोस्टमा लागेर बाहिरिंदा मायमी अग्रता लिनबाट बन्चित भयो । मार्टिनेजको पासमा मेस्सीले दुई डिफेन्डरलाई छलाएर गरेको प्रहारमा गोलरक्षक बिट भएपनि बल पोस्टमा लागेर बाहिरिएको थियो ।

४५ औं मिनेटमा मेस्सीकै फ्रिकिकमा गोलरक्षक गलेसे बाधक बने । लगत्तै क्रेमास्चीको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरिंदा इन्टर अग्रता लिनबाट बन्चित भयो ।

दोस्रो हाफको सुरुवातमा मायमीले पेनाल्टीको अवसर पायो । एन्टोनियो कार्लोसले मार्टिनेजलाई लडाएपछि रेफ्रीले पहेंलो कार्ड देखाउँदै पेनाल्टी दिएका थिए । मार्टिनेजले गोलरक्षकलाई विपरित दिशामा पठाउँदै पेनाल्टीमा गोल गरे ।

७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्याए । मार्टिनेजले पेनाल्टी क्षेत्र भित्र दिएको पासमा उनले गोल गरेका थिए । प्रतियोगिताको तेस्रो खेलमा मेस्सीको यो पाँचौ गोल हो ।

इन्ज्युरी समयमा सेजार अराउजोले अर्को गोल थपेपनि भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड भन्दै त्यसलाई गोलको मान्यता दिएन । त्यसपछि थप गोल हुन नसक्दा मायमी लगातार तेस्रो जितसँगै अघि बढेको हो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.