4 months ago
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोटका लागि मैदानभित्र सँगै मैदानबाहिरको तयारीलाई पनि अन्तिम चरणमा पुर्याएको छ । बुधबार क्लबले प्रतियोगिताको मेडिकल पार्टनरका लागि एभरेस्ट हस्पिटलसँग सम्झौता गरेको छ । क्लब प्रतिनिधि शिरिष श्रेष्ठ र एभरेस्ट हस्पिटलका रिह्याबिलिटेसन इन्चार्ज सुरज भुषालले सम्झौता गरेका थिए । भुषाल क्लबका फिजियो समेत रहँदै आएका […]
काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोटका लागि मैदानभित्र सँगै मैदानबाहिरको तयारीलाई पनि अन्तिम चरणमा पुर्याएको छ ।
बुधबार क्लबले प्रतियोगिताको मेडिकल पार्टनरका लागि एभरेस्ट हस्पिटलसँग सम्झौता गरेको छ । क्लब प्रतिनिधि शिरिष श्रेष्ठ र एभरेस्ट हस्पिटलका रिह्याबिलिटेसन इन्चार्ज सुरज भुषालले सम्झौता गरेका थिए । भुषाल क्लबका फिजियो समेत रहँदै आएका छन् ।
त्यस्तै क्लबले खेलको टिकटका लागि यसअघि नै माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सम्झौता गरिसकेको थियो । खेलका लागि टिकट मूल्य साधारणतर्फ २ सय रुपैयाँ र भीआइपी तर्फ ५ सय रुपैयाँ रहेको छ । खेलको टिकट इसेवामार्फत खरिद गर्न सकिने बताइएको छ ।
मच्छिन्द्रले एएफसी कप छनोटको प्लेअफ चरणमा पहिलो खेलमा पारो एफसीको सामना गर्दैछ । ८ अगस्टमा हुने उक्त खेल जिते मच्छिन्द्रले १६ अगस्टमा मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । उक्त खेल जिते २२ अगस्टमा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग मच्छिन्द्रले खेल्नेछ ।
मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिग २०७९/८० मा दोस्रो स्थान हासिल गरेपनि च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब लाइसेन्स नपाएका कारण दोस्रो पटक खेल्ने अवसर पाएको हो । राष्ट्रिय टोलीका ५ युवा खेलाडीसहित ८ खेलाडी यसपटक मछिन्द्रबाट एएफसी कप छनोट खेल्दैछन् ।
मच्छिन्द्रले लिग च्याम्पियन चर्च ब्वाइजका विंगर आशिष चौधरी र मिडफिल्डर एरिक विष्टलाई टोलीमा समेटेको छ । यसबाहेक राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बू, विंगर आयुष घलान र डिफेन्डर सनिश श्रेष्ठ पनि मच्छिन्द्रमा आएका छन् ।
रेलिगेसनमा परेको खुमलटारबाट विदेशी खेलाडी मेसुके ओलोमोउसँगै दाजुभाई रेजिन सुब्बा र रोहित सुब्बा पनि मच्छिन्द्रमा छन् । रेजिनले गत संस्करणको लिग उपाधि जित्दा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
यसबाहेक क्लबले ए डिभिजन खेलेका १५ खेलाडीलाई निरन्तरता दिएको छ । कप्तान विशाल श्रेष्ठ टोलीमा नियमित रहँदा उनलाई प्रदिप भण्डारी दोस्रो गोलरक्षक छन् ।
फरवार्ड विमल घर्ती मगर, अफिज ओलावाले, सौरभ लिम्बु, अभिषेक गुरुङ र विजय भुजेल टोलीमा छन् । मिडफिल्डर आन्द्रेस निया, दिपेश घले र उत्सव राई पनि नियमित छन् । डिफेन्समा ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक पनि टोलीमा छन् ।
पूर्ण टोली :
गोलरक्षक (२) : विशाल श्रेष्ठ, प्रदिप भण्डारी
डिफेन्डर (६) : सनिश श्रेष्ठ, ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक
मिडफिल्डर (५) : आन्द्रेस निया, एरिक विष्ट, लाकेन लिम्बु, दिपेश घले र उत्सव राई
फरवार्ड (१०) : विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, अफिज ओलावाले, मेसुके ओलोमोउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रोहित सुब्बा, रेजिन सुब्बा र विजय भुजेल
December 9, 2023
एजेन्सी – स्पेनिस ला लिगामा शनिबार रियल म्याड्रिडले बराबरी खेलेको छ । रियल बेटिसको घरेलु मैदान बेनिटो भिल्लामरिनमा भएको खेलमा रियल १-१ को बराबरीमा रोकिएको हो । खेलको सुरुवाती समयमा नै राम्रो लयमा रहेका रोड्रिगोले सुरुवाती गोल गरेपनि गोल अफसाइडका कारण रद्द हुन पुग्यो । पहिलो हाफमा त्यसबाहेक रियलले स्पष्ट मौकाहरु भने बनाउन सकेन । […]
December 9, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले बर्नमाउथ विरुद्ध ३-० को लज्जास्पद हार बेहोरेको हो । शुक्रबार मात्रै युनाइटेडका प्रशिक्षक एरिक टेन हागले प्रिमियर लिगको ‘म्यानेजर अफ द मन्थ’ अवार्ड पाएपछिको खेलमा युनाइटेडले यस्तो हार बेहोरेको हो । बुधबार राति चेल्सी विरुद्ध सानदार प्रदर्शन गर्दै २-१ को जित […]
December 9, 2023
एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेस विरुद्ध पुनरागमन जित दर्ता गरेको छ । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै लिभरपुलले २-१ को जित निकालेको हो । खेलको ५७औं मिनेटमा बेन कवान्साहले जिन-फिलिप मटेटा माथि फाउल गरेपछि प्यालेसले पेनाल्टीमा अग्रता लिने अवसर पाएको थियो । पेनाल्टीमा मटेटा आफैले गोल गर्दै खेलमा अग्रता लिएका […]