2 years ago
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एनएमबी–कपअन अन्तर स्कुल यु १४ फुटबल प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ । बुढालनिलकण्ठ नगरपालिका– १० स्थित कपनमा रहेको कपअन स्पोर्ट्स सेन्टरमा प्रतियोगिता साउन २४ देखि २६ गते सम्म आयोजना हुने भएको छ ।

इन्डोर फुटबल ग्राउन्डमा ३ दिन सम्म सञ्चालन हुने यु १४ फुटबल प्रतियोगिताको लागि आयोजक कपअन स्पेर्ट्स सेन्टरले बुधबार एनएमबी बैंकसँग प्रायोजक सम्झौता गरेको छ । सम्झौता–पत्रमा कपअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर (बद्री) भट्टराई र एनएमबी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरे ।
कपअन स्पोर्ट्स सेन्टरले आफ्नै इन्डोर फुटबल ग्राउन्ड (बालुवाखानी, कपन) सहित राजधानीका विभिन्न स्थानमा युवा खेलाडी उत्पादनका लािग काठमाडौं किकर्स फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ ।
कपनअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने, ‘ग्रासरुट फुटबलको विकासको लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा साथ दिनुभएकोमा देशकै अग्रणि वित्तिय संस्था एनएमबी बैंकलाई धेरै–धेरै धन्यवाद । हाम्रो सहकार्यले सानै भएपनि नेपाली फुटबलमा खेलाडी उत्पादनको लागि सहयोग पुग्ने विश्वास गरेका छौं ।’
आयोजक कपअन स्पोर्ट्स सेन्टरले प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा विद्यालयका छात्रको टिम एनएमबि–कपअन अन्तर स्कुल यु १४ फुटबल प्रतियोगितामा सहभागि हुने जानकारी गराएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने छ । प्रयिोगिताको विजेता, दोस्रो, तेस्रो टोली तथा सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्बाधिक गोलकर्तालाई पुरस्कार प्रदान गरिने छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]