2 years ago
August 3, 2023
एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले उच्च प्रदर्शन गर्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि सिजनको मैत्रीपूर्ण खेलमा जिओनबुक एफसीलाई पराजित गरेको छ ।

दक्षिण कोरियाको बुसान रंगशालामा नेयमारले २ गोल र १ असिस्ट प्रदान गर्दा पिएसजीले ३-० को जित निकाल्यो । एसिया भ्रमणमा टोलीको यो पहिलो जित समेत हो । यसअघि टोलीले लगातार तीन खेलमा जित निकाल्न सकेको थिएन ।
सुरुवाती रोजाइबाट नै खेलेका नेयमारले ४० औं मिनेटमा पिएसजीलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहारमा गोलरक्षक झुक्किन पुगेका थिए ।
त्यसपछि ८३ औं मिनेटमा उनले अग्रता दोब्बर पारे । वन भर्सेस वनको स्थितिमा नेयमारले सहजै गोल गर्दै पिएसजीलाई जिततर्फ बढाएका थिए ।
निर्धारित समयको २ मिनेट बाँकी रहँदा पिएसजीले अर्को गोल थप्यो । नेयमारको ब्याकहिल पासमा मार्को एसेन्सियोले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए । नेयमारले खेलको पूरा समय मैदानमा बिताएका थिए ।
स्टार फरवार्ड एमबाप्पे बिना नै एसिया भ्रमणमा आएको पिएसजीले यसअघि जितका लागि संघर्ष गरेको थियो । इन्टरसँग २-१ ले पराजित टोली सेरेजो ओसाकासँग ३-२ ले हारेको थियो । अल नासरसँग भने खेल गोलरहित बराबरीमा सकिएको थियो ।
अब पिएसजीले लिग वनको पहिलो खेलमा अगस्ट १३ तारिखमा लोरीएन्टको सामना गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]