4 months ago
August 3, 2023
ब्रिसवन – उपाधि दावेदार तथा दुई पल्टकाे च्याम्पियन जर्मनी फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि तथा अर्काे खेलमा कोलम्वियाले हार बेहोरेपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो । दुई पल्टको च्याम्पियन जर्मनी फिफा महिला विश्वकपको इतिहासमा पहिलोपटक समूह चरणबाटै बाहिरिएको हो । यसअघिको सबै आठ […]
ब्रिसवन – उपाधि दावेदार तथा दुई पल्टकाे च्याम्पियन जर्मनी फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि तथा अर्काे खेलमा कोलम्वियाले हार बेहोरेपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो ।
दुई पल्टको च्याम्पियन जर्मनी फिफा महिला विश्वकपको इतिहासमा पहिलोपटक समूह चरणबाटै बाहिरिएको हो । यसअघिको सबै आठ संस्करणमा जर्मनीले नकआउट चरणको यात्रा तय गरेको थियो ।
एक गोलले पछि परेको जर्मनीले दक्षिण कोरियासँग १–१ गोलको बराबरी खेलेको हो । दक्षिण कोरियाकी सो ह्युन चोले गोल गर्दा जर्मनीकी एलेसान्द्रा पोपले बराबरी गोल फर्काइन् ।
ब्रिसवन स्टेडियम ब्रिसवन अष्ट्रेलियामा बिहीबार भएको खेलको सुरुमै जर्मनी खेलमा पछि पर्यो । छैटौं मिनेटमा सो ह्युन चोले गोल गर्दै दक्षिण कोरियालाई १–० को अग्रता दिलाइन् । उनले योङ जु लीको पासमा गोल गर्न सफल भएकी थिइन् ।
सम्हालिन नपाउँदै गोल खाएको जर्मनीले त्यसपछि बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गर्दा ४२औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । एलेसान्द्रा पोपले एसभेन्जा हुथको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।
दोस्रो हाफमा पनि जर्मनीले लगातार दवाव बढाएपनि दक्षिण कोरियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै जर्मनी समूह ‘एच’ मा तीन खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । जर्मनीलाई रोकेको दक्षिण कोरियाले १ अंक बटुल्यो ।
यो समूहबाट कोलम्विया समूह विजेता र मोरोक्को उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै टोलीले समान ६ अंक बटुलेपनि गोल अन्तरमा कोलम्विया शीर्षस्थानमा रह्यो ।
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले एफसी चितवन विरुद्ध एक अंक हासिल गरेको छ । खेलको ८६औं मिनेटमा गोल खाएको काठमाडौंले थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा नाटकीय बराबरी गरेको हो । ८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले गोलरहित पहिलो हाफ खेलेका छन् । खेल प्रतिस्पर्धात्मक भएपनि कुनै टोलीले स्पष्ट मौका भने सिर्जना गर्न सकेका छैनन् । खेलको सुरुवातमै चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]