4 months ago
August 3, 2023
पर्थ – कोलम्वियालाई पराजित गर्दै पहिलोपल्ट विश्वकप खेलिरहेको मोरोक्को फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो सहभागितामा नै मोरोक्को अन्तिम १६ को यात्रा तय गर्न सफल भएको हो । समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा शीर्षस्थानको कोलम्वियालाई १–० ले पराजित गर्दै तथा अर्काे खेलमा आँफु अनुकुलको नतिजा निस्किएपछि मोरोक्को समूह […]
पर्थ – कोलम्वियालाई पराजित गर्दै पहिलोपल्ट विश्वकप खेलिरहेको मोरोक्को फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो सहभागितामा नै मोरोक्को अन्तिम १६ को यात्रा तय गर्न सफल भएको हो । समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा शीर्षस्थानको कोलम्वियालाई १–० ले पराजित गर्दै तथा अर्काे खेलमा आँफु अनुकुलको नतिजा निस्किएपछि मोरोक्को समूह ‘एच’ को उपविजेता बनेको हो ।
अर्काे खेलमा जर्मनी दक्षिण कोरियासँग १–१ गोलको बराबरीमा रोकिदै समूह चरणबाटै बाहिरिएको छ । पर्थ रेक्टेङ्गुलर स्टेडियम अष्ट्रेलियामा बिहीबार भएको खेलमा मोरोक्कोको जितमा पहिलो हाफमा एनिसा लहमारीले गरेको गोल नै निर्णायक बन्यो ।
उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा गोल गर्न सफल भएका थिए । घिजलेन चेबाकले पेनाल्टी चुकाएपनि लहमारीले गोल गर्न सफल भइन् । पेनाल्टी बक्समा एरिएसले जेराइडीलाई फउल गररेपछि प्राप्त पेनाल्टीमा घिजलेनको प्रहारलाई कोलम्वियाकी गोलरक्षक क्याटलिना पेरेजले बचाइन् । तर, पूरा नियन्त्रणमा लिन नसकेको बललाई नजिकै रहेका साकिना ओजराओइको प्रहार ब्लक भएपनि पोजिसनमा रहेकी लहमारीले गोल गर्न सफल भइन् ।
त्यसपछि दोस्रो हाफमा थप गोल निस्कन नसक्दा मोरोक्कोले जित निकाल्न सफल भयो । समूह चरणमा मोरोक्कोको यो दोस्रो जित हो । यसअघि मोरोक्कोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दा जर्मनीसँग ६–० को फराकिलो हार बेहोरेको थियो ।
यस जितले मोरोक्कोले समूह ‘एच’ मा तीन खेलबाट ६ अंक बटुल्यो । समान ६ अंक नै रहेपनि कोलम्विया गोल अन्तरमा शीर्षस्थानमा रह्यो । जर्मनी तेस्रो तथा दक्षिण कोरिया १ अंक जोडेर पुछारमा रह्यो ।
December 6, 2023
एजेन्सी – लियोनल मेस्सी टाइम एथलिट अफ द इयर २०२३ घोषित भएका छन् । मेस्सीले टाइमले एथलिट अफ द इयर घोषित हुने पहिलो पुरुष फुटबल खेलाडी बनेर इतिहास समेत रचेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले डिसेम्बर २०२२ मा कतारमा तेस्रो पटक फिफा विश्वकप जितेको ३ सय ५२ दिनपछि यो पुरस्कार घोषणा गरिएको हो । फ्रान्सविरुद्धको […]
December 6, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिग फागुन १५ गतेबाट सुरु गर्ने अखिल नेपाल फुटबल क्लब (एन्फा) र सी डिभिजन क्लबबीच सहमति भएको छ । १४ मध्ये १३ क्लबका प्रतिनिधि र एन्फा महासचिव किरण राईको नेतृत्वमा बुधबार भएको संयुक्त छलफलबाट फागुन १५ गतेबाट सी लिग गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका […]
December 6, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राती भएको खेलमा पहिलो स्थानमा रहेको आर्सनलले नाटकीय जित दर्ता गरेको छ । अन्तिम समयमा गोल गर्दै आर्सनलले रोमाञ्चक खेलमा लुटन टाउनमाथि ४-३ को जित हासिल गरेको हो । आर्सनल जितमा डेक्लन राइस नायक भने । उनले इन्जुरी समयको सातौं मिनेटमा गोल गर्दै आर्सनलको जित पक्का गरे । […]