2 years ago
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारकको तीन तहका क्लबहरुले आफूले पाउनु पर्ने रकम छिटो उपलब्ध गराउन अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानाकर्षण गराएका छन् ।

सहिद स्मारक ए,बी र सी डिभिजनका २६ क्लबले बिहीबार संयुक्त रुपमा एन्फा महासचिव किरण राईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझाउने टोलीमा एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधरमा थिए । क्लबहरुका अनुसार उनीहरुले २०७७/७८ तथा २०७९/८० को लिगको तयारी रकम पाउन बाँकी छ ।
‘फुटबलको मेरुदण्डको रूपमा रहेको लिगलाई आर्थिक प्राविधिक, भौतिक र व्यवस्थित रुपमा विकास गरी आर्थिक पारदर्शिता गरी आर्थिक स्रोतको ग्यारेन्टी गरेर मात्रै खेल सञ्चालन गर्नुपर्नेमा आश्वासनको भरमा खेल सञ्चालन गरेर खेल सम्पन्न भएको महिनौं बित्दा पनि पुरानो र नयाँ प्रतियोगिताको निम्नानुसार रकमहरु हालसम्म उपलब्ध भएको छैन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
क्लबहरुको अनुसार एन्फाले ‘ए’ डिभिजन क्लबहरुलाई २०७७ /७८ को लिगमा ९७ लाख ५० हजार तथा २०७९/८० को लिगमा २ करोड ४५ लाख गरी कुल ३ करोड ४२ लाख ५० हजार रुपैयाँ दिन बाँकी छ । त्यस्तै ‘बी’ डिभिजन लिगका क्लबहरुलाई पनि एन्फाले २०७७/७८ को लिगमा ९१ लाख तथा २०७९/८० को लिगमा ३५ लाख गरि १ करोड २६ लाख रुपैयाँ पाउन बाँकी छ । एन्फाबाट ‘सि’ डिभिजन क्लबहरुले पनि २०७७/७८ लिगको ४० लाख ५० हजार पाउन बाँकी छ ।
दुईवर्ष अघिको लिगको मनाङ मस्र्याङ्दी क्लबबाहेकका क्लबबले ७ लाख ५० हजार तथा पछिल्लो लिगको सबै क्लबको १७ लाख ५० हजार तयारी खर्च एन्फाबाट पाउन बाँकी छ । त्यस्तै ‘बी’ डिभजनका प्रत्येक क्लबले ६ लाख ५० हजार र ‘सि’ डिभिजनमा क्लबले ४ लाख ५० हजार पाउन बाँकी रहेको बताइएको छ ।

December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]