default_image

9 years ago

January 13, 2017

फर्गुसनलाई पछि पार्दै चेल्सी प्रशिक्षक कोन्टेको कीर्तिमान

122 views

0 Bookmark

लन्डन (एजेन्सी) – चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले लगातार तेस्रो महिना महिनाको उत्कृष्ट प्रतिशक्षकको उपाधि जित्दै प्रिमियर लिगमा नयाँ कीर्तिमान बनाएका छन् ।

ferguson-and-conte-manager-of-the-month

प्रिमियर लिगमा चेल्सी प्रशिक्षक कोन्टेको कीर्तिमान प्रिमियर लिगमा अहिले सम्म कुनै पनि प्रशिक्षकले लगातार तीन महिना उत्कृष्ट चुनिएका थिएनन् । दुई दशक भन्दा लामो समय म्यानचेस्टर युनाइटेडलाई प्रशिक्षण दिएका एलेक्स फर्गुसनलगायत दस प्रशिक्षकले लगातार दुई महिना उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका थिए ।

यसै सिजन चेल्सी पुगेका कोन्टेले सबैलाई पछि पारेका छन् । कोन्टेले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनाको उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका हुन् । उनको नेतृत्वमा चेल्सी प्रिमियर लिगको शीर्षस्थानमा रहेको छ । पछिल्ला १४ खेलमा टोलीले एक खेलमा हार बेहोरेको थियो । अघिल्लो सिजन बिर्सनलायक प्रदर्शन गरेको चेल्सी अहिले उच्च फर्ममा छ । प्रिमियर लिगका २० खेलमा टोलीले ४९ अंक जोडिसकेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.