default_image

2 years ago

August 4, 2023

चेल्सीले फ्रान्सेली डिफेन्डर भित्र्यायो

816 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले फ्रान्सेडी डिफेन्डर एक्सेल डिसासीलाई क्लबमा अनुबन्ध गरेको छ । फ्रान्सका अन्तर्राष्ट्रिय डिफेन्डर एक्सेल डिसासी एएस मोनाकोबाट ४५ मिलियन युरोमा ६ वर्षको सम्झौतामा चेल्सीमा आबद्ध भएका छन् ।

वेस्ले फोफाना घुँडाको चोटका कारण मैदान बाहिर रहँदा उनको स्थान परिपुर्ति गर्न चेल्सीले २५ वर्षीय डिसासीलाई क्लबमा अनुबन्ध गरेको हो । डिसासीले गत सिजन फ्रेन्च लिग वानमा मोनाकोबाट सबै ३८ खेल खेलेका थिए ।

चेल्सीमा अनुबन्ध भएसँगै डिसासीले चेल्सीको हिस्सा बन्न पाउँदा गर्व लागेको बताएका छन् । ‘म यहाँ धेरै ठूला कुराहरू हासिल गर्ने आशा गर्दछु । उपाधि जित्न म कुनै कसर बाँकी राख्दिन त्यसका लागि सक्दो प्रयास गर्नेछु ।’ डिसासीले भने ।

यस्तै चेल्सीले ब्राइटनका गोलरक्षक रोबर्ट सान्चेजलाई पनि क्लबमा अनुबन्ध गर्न सहमत भएको छ । पहिलो रोजाईका एडुआर्ड मेन्डी साउदी अरेबियाको क्लबमा अनुबन्ध भएपछि चेल्सीले सान्चेजलाई २५ मिलियन पाउण्डमा सहमत बनेको हो ।

मेन्डी यसै समर ट्रान्सफरमा साउदीको अल हिलाल पुगेका छन् । सान्चेजले अब पहिलो रोजाईमा स्थान बनाउन केपा एरिजाबलागासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.