2 years ago
August 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रावण १९ गते शुक्रबार बसेको बैठकको निर्णय मध्यरातमा सार्वजनिक गरेको छ । दिउँसो १ बजे सुरु भएको बैठक रातको १०:३० सम्म चलेको थियो ।

बैठकले एन्फाको विभिन्न प्रतियोगिता र समितिमा जिम्मेवारी व्यवस्थापनमा निर्णयहरु लिएको छ । यसबाहेक थ्री नेसन्स कपमा पुरस्कार रहेको ५ हजार अमेरिकी डलर राष्ट्रिय टोलीमा बाँड्ने निर्णय पनि गरेको छ ।
बैठकले राष्ट्रिय टोलीमा खेलेका दौरान घाइते भएका खेलाडीको सम्पूर्ण खर्च पनि संघले नै बेहोर्ने निर्णय गरेको छ । समितिले राष्ट्रिय टोलीमा महिला रप पुरुषको समान पुरस्कार विषयमा पनि अध्ययन गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ ।
एन्फाले तीन स्थानमा महिला एकेडेमी संचालन गर्न अर्को कार्यसमितिमा बजेट र कार्यक्रम पेश गर्ने निर्णय गरेको छ । त्यस्तै एन्फाले महिला राष्ट्रिय टोलीको नकआउट प्रतियोगिता आयोजना गर्न सचिवालयलाई विस्तृत कार्यक्रम प्रस्तुत गर्न जिम्मा दिएको छ ।
बैठकबाट महिला तथा पुरुष राष्ट्रिय खेलाडीहरुको पुरानो पुरस्कार पनि आउने दिनमा प्रदान गर्ने निर्णय भएको छ । बैठकले गरेको अन्य निर्णय यसप्रकार रहेको छ :



December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]