2 years ago
August 5, 2023
अकल्यान्ड – मिडफिल्डर एइटाना बोनामाटीले दुई गोलसँगै दुई असिस्ट प्रदान गरेपछि उपाधि दावेदार स्पेनले स्वीट्जरल्यान्ड्समाथि सानदार जित दर्ता गर्दै फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनलमा स्वीट्जरल्यान्ड्समाथि ५–१ को सानदार जित निकाल्दै स्पेनले अन्तिम आठको यात्रा तय गरेको हो । स्पेनको जितमा एइटाना बोनमाटीले दुई तथा अल्वा रेडोन्डोले, लाइए कोडिना र जेनिफर हर्माेसोले समान एक गोल गरिन् । स्वीट्जरल्यान्ड्सले उपहार गोल पाएको थियो ।
पहिलो हाफमा ५ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा शनिबार गोलको वर्षा भएको खेलको पाँचौं मिनेटमा नै एइटाना बोनामाटीको गोलबाट स्पेनले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले अल्वा रेडोन्डोको पासमा गोल गर्न सफल भएकी थिइन् ।
११औं मिनेटमा लाइआ काेडिनाले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो । १७औं मिनेटमा अल्वा रेडोन्डोले एइटानाको पासमा गोल गर्दैस्पेनलाई २–१ को अग्रता दिलाइन् । ३६औं मिनेटमा एइटाना बोनामाटीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनलाई खेलमा ३–१ ले अघि बढाइन् ।

पहिलो हाफको अन्त्यतिर लाइए कोडिनाले गोल गरेपछि स्पेनले पहिलो हाफमा ४–१ को आरामदायी अग्रता लिन सफल भयो । ७०औं मिनेटमा जेनिफर हर्माेसोे गोल गर्दे स्पेनलाई ५–१ को सानदार जित दिलाइन् । उनले एइटाना बोनामाटीको पासमा गोल गर्न सफल भएकी थिइन् ।
अब स्पेनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीचको विजेतासँग ११ अगस्टमा प्रतिस्पर्धा गर्नेछ । आज नै प्रि–क्वाटरफाइनलमा जापान र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ । जापान समूह ‘सी’ को विजेता तथा नर्वे समूह ‘ए’ को उपविजेता टोली हो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]