default_image

2 years ago

August 5, 2023

नर्वेलाई हराउँदै जापान क्वाटरफाइनलमा

3582 views

0 Bookmark

वेलिङटन – नर्वेमाथि सहज जित निकाल्दै जापान फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । नर्वेलाई ३–१ ले पराजित गर्दै जापानले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

जापानको जितमा रिसा सिमिजु र हिनाता मियाजावाले गोल गर्दा एक गोल उपहार पाएको थियो । नर्वेकी गुरो रेइटेनले एक गोल फर्काइन् ।न्युजिल्यान्डको वेलिङटनस्थित वेलिङटन रिजनल स्टेडियममा शनिबार भएको रोमाञ्चक खेलमा जापानले खेलको १५औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिन सफल भएको थियो ।

इनग्रिड सेयसटाड इंगेनले आत्मघाती गोल गर्न पुगेकी थिइन् । तर, जापानको त्यो अग्रता लामो समय टिकेन । २०औं मिनेटमा गुरो रेइटेनले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याइन् । उनले भिल्डे बोई रिसाको पासमा गोल गर्न सफल भएकी थिइन् ।

५०औं मिनेटमा रिसा सिसा सिमिजुले गोल गर्दै जापानलाई २–१ को अग्रता दिलाइन् । ८१औं मिनेटमा हिनाता मियाजावाले गोल गर्दै जापानको सहज जित पक्का गरिन् । सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेकी उनको यो पाँचौ गोल हो ।

अब जापानले क्वाटरफाइनलमा स्वीडेन र अमेरिकाबीचको विजेतासँग ११ अगस्टमा खेल्नेछ । यि दुई टोलीले आइतबार खेल्दैछ ।

आज (शनिबार) नै स्पेनले स्वीट्जरल्यान्ड्समाथि ५–१ को सानदार जित निकाल्दै अन्तिम आठको यात्रा तय गरिसकेको छ । स्पेनको जितमा एइटाना बोनमाटीले दुई तथा अल्वा रेडोन्डोले, लाइए कोडिना र जेनिफर हर्माेसोले समान एक गोल गरिन् । स्वीट्जरल्यान्ड्सले उपहार गोल पाएको थियो ।

अब स्पेनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीचको विजेतासँग ११ अगस्टमा प्रतिस्पर्धा गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.