2 years ago
August 5, 2023
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एटलान्टाबाट डेनिस फरवार्ड रास्मस होएलन्डलाई अनुबन्ध गरेको छ ।

एटलान्टाले युनाइटेडको ७२ मिलियन पाउण्डको प्रस्ताव स्वीकार गरेपछि क्लब र खेलाडीबीच सहमति भएको हो । युनाइटेडले होएलन्डलाई शनिबार ओल्ड ट्राफर्डमा सार्वजनिक गरेको छ ।
२० वर्षीय फरवार्डका लागि युनाइटेडले ६४ मिलियन पाउण्ड ट्रान्सफर रकम र ८ मिलियन पाउण्ड बोनसको रुपमा तिर्नेछ । उनी क्लबको अर्को खेलबाट छनोटका लागि उपलब्ध हुनेछन् ।
गत सिजन एटलान्टा आएका होएलन्डले ३४ खेलमा १० गोल गरेका थिए । युवा अवस्थामा नै शीर्ष लिगमा जमेका होएलन्डले युनाइटेडसँग ५ वर्षको सम्झौता गरेका छन् ।
होएलन्ड क्लबले यस सिजन भित्र्याएका तेस्रो खेलाडी हुन् । यसअघि क्लबले ५५ मिलियन पाउण्ड खर्चेर चेल्सीबाट मिडफिल्डर मेसन माउन्ट र ४७ मिलियन पाउण्डमा इन्टर मिलानका गोलरक्षक आन्द्रे ओनानालाई भित्र्याइसकेको छ ।
होएलन्डलाई अनुबन्ध गर्न फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि चासो दिएको थियो । तर किलीयन एमबाप्पेको भविष्य अझै प्रष्ट नहुँदा क्लबले अहिले आन्तरिक समस्या सुल्झाउन व्यस्त रहेको छ ।
सन् २०२२ मा डेनमार्कको राष्ट्रिय टोलीबाट डेब्यु गरेका होएलन्डले ६ खेलमा ६ गोल गरिसकेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]