2 years ago
August 6, 2023
एजेन्सी – साउदी क्लब अल इतिहाद अरब क्लब कप २०२३ को क्वाटरफाइनलमा अल हिलालसँग पराजित हुँदै बाहिरिएको छ ।

शनिबार भएको खेलमा अल हिलालले ३-१ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । अल इतिहादका लागि फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले पेनाल्टी चुकाए ।
अल हिलालले खेलको १४ औं मिनेटमा सर्गे मिलिन्कोभिच साभिचको गोलमा अग्रता लिएको थियो । उनले पोर्चुगिज मिडफिल्डर रुबेन नेभेसले दिएको बलमा हेडरमार्फत गोल गरे । इन्ज्युरी समयको पहिलो मिनेटमा साउदी फरवार्ड सालेम अल दावसारीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे ।
५६ औं मिनेटमा अल इतिहादले गोल गर्दै खेलमा फर्कने संकेत दियो । इगोर कोरोनादोको पासमा ब्राजिलियन फरवार्ड रोमारिन्होले गोल गर्दै २-१ को स्थिति बनाए ।

तर ७० औं मिनेटमा अल हिलालले पुन: २ गोलको अग्रता लियो । यासिर अल सहरानीले दिएको बललाई माल्कमले हेडरमार्फत गोल गरे । ७९ औं मिनेटमा करीम बेन्जेमाले पेनाल्टीको सदुपयोग गर्न नसक्दा अल इतिहाद खेलमा फर्कन सकेन ।
शनिबार नै भएको अर्को क्वाटरफाइनलमा कतारको अल साद इराकको अल शोर्तासँग पराजित भयो । अल सादका अक्रम अफिफले दुई गोल गरेपनि टोली ४-२ ले पराजित भएको हो ।
आज हुने क्वाटरफाइनलमा साउदीको अल शबाबले यूएईको अल वाह्दाको सामना गर्नेछ । यो खेल रातको ११:४५ बजे हुनेछ ।
त्यस्तै क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर र मोरक्कोको राजा क्लासाबान्काले प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ८:४५ बजे हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]