2 years ago
August 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण मङ्सिर ८ देखि पौष २१ सम्म आयोजना हुँदैछ । पहिलो संस्करणमा ७ टाेली सहभागी रहेकोमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

एनएसएलले दोस्रो संस्करणकाे यसअघि नै अक्सन गरेपनि अधिकांश खेलाडी पलायन भएकाले पुन: अक्सन गर्ने पक्का भएको छ । असोज १९ गते नयाँ टोली निर्माणका लागि अक्सन हुने भएको छ । यसका लागि आयोजकले असोज ५ गतेसम्म खेलाडी सूची फ्रेन्चाइज टोलीलाई उपलब्ध गराउने भनेको छ ।
पहिलो संस्करण कोभिड संक्रमणका कारण दशरथ रंगशालामा बिना दर्शकको उपस्थिति आयोजना भएको थियो । तर दोस्रो संस्करणका लागि भने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले दशरथ रंगशालासँगै केही खेल मोफसलमा पनि गर्ने भएको छ ।

लिगमा सहभागी क्लबका अनुसार एनएसएलले पूर्वका तीन टोलीको खेल विराटनगरस्थित सहिद रंगशालाको मैदानमा गर्ने तयारी गरेको छ । यसपटक पूर्वबाट विराटनगर सिटी फुटबल क्लबसँगै स्पोर्टिङ इलाम डे एफसी र झापा एफसी पनि प्रतिस्पर्धा गर्दैछन् ।
एनएसएलले झन्डै १ साताको खेल विराटनगरमा गर्ने तयारी गरिरहेको छ । सम्भवत यी तीन टोलीबीच हुने खेलहरु विराटनगरमा हुने सम्भावना छ । लिगले अर्को साताभित्र खेल तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
यसबाहेक एनएसएलमा यसपटक रंगशालामा खानपिन स्टल पनि रहनेछ । आयोजकले उद्घाटन र समापन समारोहमा भव्य कार्यक्रम गर्ने योजना बनाएको छ ।

एनएसएलमा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब, विराटनगर सिटी फुटबल क्लब र फुटबल क्लब चितवनसँगै नयाँ टोली झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीले खेल्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]