default_image

4 months ago

August 6, 2023

कम्युनिटी शिल्डका लागि म्यानचेस्टर सिटी र आर्सनल भिड्दै

एजेन्सी – इंग्लिस फुटबलको सिजन सुरुवातको रुपमा रहेको एफए कम्युनिटी शिल्डका लागि प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी र उपविजेता आर्सनल भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे हुनेछ । गत सिजन ए‍ेतिहासिक उपलब्धि हासिल गर्ने क्रममा उपाधिको ह्याट्रिक गरेको सिटी नयाँ सिजनमा सुखद सुरुवात गर्न चाहन्छ । प्रशिक्षक पेप गुआर्डीअ‍ोलाले नयाँ सिजनमा डिफेन्स बलियो […]

840 views

0 Bookmark

एजेन्सी – इंग्लिस फुटबलको सिजन सुरुवातको रुपमा रहेको एफए कम्युनिटी शिल्डका लागि प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी र उपविजेता आर्सनल भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे हुनेछ ।

गत सिजन ए‍ेतिहासिक उपलब्धि हासिल गर्ने क्रममा उपाधिको ह्याट्रिक गरेको सिटी नयाँ सिजनमा सुखद सुरुवात गर्न चाहन्छ । प्रशिक्षक पेप गुआर्डीअ‍ोलाले नयाँ सिजनमा डिफेन्स बलियो बनाउन क्लब कीर्तिमानी रकममा जोस्को गभार्डीअ‍ोललाई अनुबन्ध गरिसकेको छ ।

प्रिमियर लिगमा गत सिजन दुई टोलीबीच ५ अंकको अन्तर थियो । तर उपाधि होडमा महत्त्वपूर्ण भूमिका खेलेका मिडफिल्डर तथा कप्तान इल्काए गुन्डोगन सिटी छाडेर बार्सिलोना लागिसकेका छन् । उनले ५२ खेलमा ११ गोल गरेका थिए । उनको स्थानमा चेल्सीबाट माटियो कोभाचिच आइसकेका छन् ।

आर्सनलले पनि बेलायती फुटबलकै सर्वाधिक रकम खर्चेर मिडफिल्डर डेक्लन राइस भित्र्याएको छ । यसबाहेक क्लबले आयाक्सबाट जुरिएन टिम्बर पनि अनुबन्ध गरेको छ । चेल्सीका काइ हाभर्ट्जको आगमनले टोलीको आक्रमण अझ बलियो बन्ने अपेक्षा छ ।

ब्राजिलियन फरवार्ड ग्याब्रिएल जेसस चोटका कारण बाहिर रहनुले भने सिटीलाई फाइदा हुन सक्छ । सिटीका पूर्व फरवार्ड जेससले शल्यक्रिया गरेसँगै केही साता मैदानबाहिर रहने भएका हुन् ।

December 6, 2023

मेस्सी टाइम एथलिट अफ द इयर २०२३

एजेन्सी – लियोनल मेस्सी टाइम एथलिट अफ द इयर २०२३ घोषित भएका छन् । मेस्सीले टाइमले एथलिट अफ द इयर घोषित हुने पहिलो पुरुष फुटबल खेलाडी बनेर इतिहास समेत रचेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले डिसेम्बर २०२२ मा कतारमा तेस्रो पटक फिफा विश्वकप जितेको ३ सय ५२ दिनपछि यो पुरस्कार घोषणा गरिएको हो । फ्रान्सविरुद्धको […]

December 6, 2023

‘सी’ डिभिजन लिग फागुन १५ बाट हुने !

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिग फागुन १५ गतेबाट सुरु गर्ने अखिल नेपाल फुटबल क्लब (एन्फा) र सी डिभिजन क्लबबीच सहमति भएको छ । १४ मध्ये १३ क्लबका प्रतिनिधि र एन्फा महासचिव किरण राईको नेतृत्वमा बुधबार भएको संयुक्त छलफलबाट फागुन १५ गतेबाट सी लिग गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका […]

December 6, 2023

आर्सनलको नाटकीय जितमा राइस नायक

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राती भएको खेलमा पहिलो स्थानमा रहेको आर्सनलले नाटकीय जित दर्ता गरेको छ । अन्तिम समयमा गोल गर्दै आर्सनलले रोमाञ्चक खेलमा लुटन टाउनमाथि ४-३ को जित हासिल गरेको हो । आर्सनल जितमा डेक्लन राइस नायक भने । उनले इन्जुरी समयको सातौं मिनेटमा गोल गर्दै आर्सनलको जित पक्का गरे । […]

Success

Thank you for your time.